ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समृद्धिका लागि डिजिटल नेपाल आवश्यक’


admin
१८ कार्तिक २०७६, सोमबार   ६ : १९   बजे

काठमाडौं, १८ कात्तिक । विकास र समृद्धिका लागि डिजिटल नेपाल आवश्यक रहेकामा सरोकारवाला वक्ताहरुले जोड दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना अभिमुखिकरण कार्यक्रमका वक्ताले वर्तमान परिप्रेक्ष्यमा मुलुकको आर्थिक विकास तथा आर्थिक वृद्धि दरमा उल्लेखनीय प्रगति हासिल गर्न र जनताले खोजेको सुशासनको प्रत्याभूति दिलाउन डिजिटल नेपालको अवधारणा निकै सान्दर्भिक रहेकामा जोड दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबै सरकारी कामलाई सर्वसुलभ एवं सरल बनाउन डिजिटल प्रविधि भित्रिनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ र डिजिटल नेपालको फेमवर्कका बारेमा प्रकाश पार्नुभएको थियो ।

डिजिटल नेपाल फ्रेमवर्क कृषिका बारेमा मन्त्रालयका उपसचिव राम गोविन्द अर्याल, डिजिटल फाउण्डेशनका बारेमा सहसचिव वीरेन्द्रकुमार मिश्र तथा ऊर्जा र पर्यटनका बारेमा इञ्जिनीयर कल्पना ज्ञवालीले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुईदिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयमा प्रविधि शाखामा कार्यरत करीब ३० कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group