ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको निर्णय स्वाभाविक : निवर्तमान प्रदेश प्रमुख झा


admin
२० कार्तिक २०७६, बुधबार   ३ : १९   बजे

काठमाडौं २० कात्तिक । प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताउनुभएको छ । सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम र समयको लागि हुने भएकाले यो प्रक्रियालाई आफूले सामान्य रूपमा लिएको हुँदा विचलित हुनुनपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख कार्यालयमा आज आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले आफू निजामती कर्मचारीबाट आएकाले पनि यस्तो प्रक्रियामा अभ्यस्त रहेको बताउनुभयो । पहिलो प्रदेश प्रमुख भएर आएको २२ महिनाको कार्यकाल अत्यन्त सफल रहेको भन्दै उहाँले प्रदेश प्रमुख भएर आफूले ‘के गर्न सकेँ के गर्न सकिनँ’ भन्ने कुरा समयले मूल्याङ्कन गर्ने बताउनुभयो । “म आउँदा जुन कामको लागि उत्साह, उमङ्ग र जिम्मेवारी थियो बिदाइ भएर जाँदा पनि त्यो जिम्मेवारी पूरा गर्न सकेको कारण त्यही खुशी लिएर जाँदैछु”, उहाँले भन्नुभयो ।

उहाँले प्रदेश सरकारको स्थापनासँगै संविधान र सङ्घीयता कार्यान्वयनमा आफूले गरेका काम सबैका सामु छर्लङ्ग रहेको उल्लेख गर्दै ती कामलाई उजागर गर्न सञ्चार माध्यमलाई आग्रहसमेत गर्नुभयो । आफूले प्रदेश सरकारका बहुआयामिक सम्पूर्ण काम नजिकबाट हेर्ने र आफ्नो भूमिका निर्वाह गर्ने मौका पाएको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले पनि कानून निर्माणदेखि प्रदेशका योजना निर्माणमा राम्रोसँग काम गरेको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले निवर्तमान प्रदेश प्रमुख झालाई मायाको चिनो प्रदान गर्नुभएको थियो । विसं २०३५ मा इञ्जिनीयरको रूपमा निजामती कर्मचारी सेवामा प्रवेश गरेका झालाई नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारले २०७४ साल माघ ३ गते प्रदेश ५ को पहिलो प्रदेश प्रमुखको रूपमा नियुक्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group