ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा राखिएको भनी आपत्ति


admin
२० कार्तिक २०७६, बुधबार   ७ : ४५   बजे

काठमाडौं २० कात्तिक । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ । सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकालीलाई बनाएको हुँदा उक्त विन्दुभन्दा एक इन्च मात्रै वर सार्ने कामको कूटनीतिक तवरबाट प्रतिवाद गर्न पार्टीले सरकारसँंग माग गरेको छ ।

लिम्पियाधुरा, कुट्यिाङ्दी, लिपुलेक र कालापानी नेपालका भू–भाग भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँले यी क्षेत्रलाई भारतीय पक्षको अनधिकृत कब्जाबाटमुक्त गराई वैज्ञानिक किसिमले सीमा व्यवस्थापन गर्न माग गर्नुभएको हो । नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी गरी करीब ५४ वटा स्थानमा सीमा विवाद रहेको पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सत्तामा रहुञ्जेल समाधानको निम्ति उदासीन देखिने र सत्ताबाट हटेपछि सोही विवादलाई राष्ट्रियताको मुद्दा बनाउँदा छिमेकी देशले नटेर्ने गरेको हो”, विज्ञप्तिमा भनिएको छ । नेपालको दुवैतिर भौगोलिक, आर्थिक र सामरिक दृष्टिकोणले विशाल देश रहेको हुँदा राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताको मामलामा सबै दल राज्यराष्ट्र सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सिमानाको नेपालसापेक्ष सुव्यवस्था गर्न एकजुट हुन पनि पार्टीले आह्वान गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group