ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ चित्रकार दुई पक्षीय सांस्कृतिक प्रवद्र्धनमा


admin
२३ कार्तिक २०७६, शनिबार   ६ : ५९   बजे

काठमाडौं २३ कात्तिक । बुद्धको जन्मभूमि नेपालमा चिनियाँ कलाकारले नेपाल भ्रणण गर्न औधी रुचाएका छन् । नेपालको संस्कृति, रहनसहन, खानपान आदिको अन्योलताले भने उनीहरुको नेपाल घुम्ने चाहना पूरा हुनसकेको छैन । नेपालप्रति चिनियाँ कलाकारको आकर्षणलाई केही हदसम्म साकार पार्न चीनका प्रसिद्ध चित्रकार नेपाल आएका छन् ।

चीनको च्याङसी प्रान्तको चिङतचन शहरका ली छवान नेपाल र चीनको परम्परागत सांस्कृतिक सम्बन्धलाई कलाको माध्यमबाट थप विस्तार गर्ने उद्देश्यका साथ नेपाल आउनुभएको हो । नेपालका विभिन्न सञ्चारमाध्यममा कायरुत सञ्चारकर्मीसँग आज गफिँदै लीले आफ्नो नेपाल आगमन दोस्रोपटक भएको र नेपाललाई तीर्थस्थलको रुपमा लिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म तीन पटक लामो दूरीको सडकयात्रा भएर तिब्बत पुगेको छु, तिब्बत तीर्थस्थलजस्तो लाग्छ । नेपाल, भुटान र भारतको सङ्गमजस्तै रहेका छन् अहिले पनि यी तीनवटै मुलुक तीर्थस्थलजस्तै लाग्छ । नेपाल र भुटान गएँ, भारत जान पाएको छैन ।” बुद्धको विचारबाट प्रभावित भएर कलाकार लीले आफ्नो शहरमा ‘विचार’ नामक आर्ट ग्यालरी स्थापना गर्नुभएको छ । कलाकार लीले चिनियाँ कलाकार नेपाल आउन उत्सुक रहेको तर कसरी जाने रु के खाने रु भन्ने जिज्ञासाले छटपटाइरहेको अवस्थामा आफ्नो नेपाल भ्रमण र सांस्कृतिक सहकार्यले उनीहरुलाई नेपाल भ्रमणका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सङ्घारमा चिनियाँ कलाकारको नेपालप्रतिको मोहले चिनियाँ पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । भ्रमण वर्ष अवधिमा पाँच लाख चिनियाँ पर्यटक भित्र्याउने सरकारको योजना छ । विश्वमै सबैभन्दा धेरै विश्व भ्रमणमा निस्कने चीन नेपालको पर्यटन बजारका लागि भारतपछि दोस्रो स्थानमा पर्छ । चीनबाट सन् २०१८ मा एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशत चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा उल्लेख छ । वार्षिक १५ करोड चिनियाँ नागरिक विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ ।

नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको तथा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको ७० वर्षगाँठको अवसर पारेर ली नेपालमा कलाको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ तुल्याउने अभियानमा जुट्नुभएको छ । नेपालका चर्चित चित्रकार श्रेष्ठ र लीले ‘सेरामिक पेन्टिङ’ गर्नुहुनेछ । चीनको राजधानी बेइजिङमा एक साताको अवधिमा दुवै कलाकारले सामूहिक सेरामिक आर्ट गरी छेन्दु शहरमा आगामी नोभेम्बर महिनाको अन्तिमतिर प्रदर्शनी गर्ने बताइएको छ ।

के हो सेरामिक पेन्टिङ 

चिनियाँ भाषामा सेरामिकलाई ‘थावछ’ र पेन्टिङलाई ‘हुइयाँ’ भनिन्छ । माटाको प्लेटमाथि सेरामिक पेन्टिङ गरिन्छ । यो पेन्टिङलाई एक हजार ३६० डिग्री तापक्रममा चार दिन आगोमा पोलिन्छ र त्यसलाई तीन दिनमा सेलाइन्छ । यस्तो पेन्टिङ गर्न झण्डै तीन हप्ता लाग्ने बताइन्छ । माटोका पेन्टिङ एक हजार ५०० वर्षदेखि बनाउँदै आएको परम्परागत चिनियाँ पद्धत्ति हो । अहिले पनि च्याङसी प्रान्तका अधिकांश नागरिक माटोको भाँडाकुँडा र पेन्टिङ गर्छन् । सेरामिक पेन्टिङ गर्ने रङलाई ‘छिडहवा’ भनिन्छ ।

चीनको ‘चाइना फाउण्डेशन फर पिस एण्ड डेभलपमेन्ट’ नामक संस्थाले नेपालसहित १६० देशमा यस्तो कार्यक्रम गरिरहेको छ । माटोको आर्टका लागि नेपाल छनोटमा परेको छ । नेपालबाट कलाकार श्रेष्ठ आर्टका लागि छनोट हुनुभएको हो । अन्य मुलुकमा विभिन्न ‘प्याट्रन’ मा आर्ट गरिनेछ । चीनको कूटनीतिक सम्बन्ध माटोका भाडाजन्य वस्तुबाट शुरु भएको र त्यतिबेलाको चीनको कूल गार्हस्थ्य उत्पादनलाई माथि उकास्ने माध्यम पनि त्यतिबेला माटोको पेन्टिङ भएको बताइन्छ । अहिले पनि अधिकांश यही पेशामा आवद्ध रहेको कलाकार लीले बताउनुभयो ।

यसरी माटोमा पकाएर बनाइएको आर्टमा नयाँ रङहरु बन्छन् । सेरामिक पेन्टिङ माटोमा पकाइसकेपछि यसको आयु पृथ्वीको आयु बराबर बलियो हुने कलाकार बताउँछन् । जसरी माटोको सेरामिक पेन्टिङको आयु लामो हुन्छ, त्यसरी नै नेपाल चीनको सम्बन्ध चिरायु होस् भन्ने मान्यता अनुरुप पेन्टिङको अवधारणा बनाइएको चित्रकार श्रेष्ठले बताउनुभयो ।

लुम्विनी विश्वविद्यालयमा चिनियाँ भाषाका अध्यापक कुमार खड्काका अनुसार चिनियाँ कलाकार र नेपाली कलाकारले सामूहिकरूपमा माटोको पेन्टिङ गर्न लागेको र यसले दुई देशबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने उल्लेख गर्नुभयो । कलाकार श्रेष्ठले परियोजनाअन्तर्गत चिनियाँ कलाकार ली र आफूले एउटै ‘आर्टप्लेट’ मा सामूहिक पेन्टिङ गर्ने र त्यसमा नेपालतर्फ मठमन्दिरको प्रतीक रहने तथा चीनको पार्टमा सगरमाथालगायतको प्रतीक आर्ट हुनेछ । यो पेन्टिङको दुवै देशमा हुलाक टिकट बनाइनेछ ।

कलाकार लीले बौद्धनाथ र लुम्बिनीको भ्रमण गर्नुहुनेछ, सोही आधारमा सेरामिक आर्ट गर्नुहुने बताइएको छ । यसअघि सगरमाथाको सेरामिक गर्नुभएका लीले यस पटक पनि महत्वपूर्ण तीर्थस्थलको भ्रमण गरी पेन्टिङ र प्रदर्शनी गर्ने हुँदा नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group