ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगी मुद्धामा तानिएपछि प्रदेश मन्त्रीले राजीनामा दिए


ABC NEWS
२४ कार्तिक २०७६, आइतबार   ३ : ५३   बजे

कञ्चनपुर, २४ कात्तिक । ठगी तथा किर्ते मुद्दामा फरार रहेका सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । रावलले आज मुख्यमन्त्री त्रिलोचन भट्टसामु आफ्नो राजीनामा पत्र बुझाएको ससप्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

राजीनामा दिएपछि निर्वतमान राज्यमन्त्री रावलले बिज्ञप्ती जारी गदैै जिल्लाको एक क्याम्पसको शेयर बिक्रिमा संलग्नताको आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
केही दिनअघि रावलको कार्यालयमै सम्पत्ति सुद्धिकरण बिभागले छापा मारेपछि राजीनामा दिन दबाव परेको थियो । रावलले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । रावलले आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सुद्धिकरण विभागले विस्तृत छानबिन अघि बढाउँदै छापा मारेको दावी गरेको छ ।

वर्तमान केपी ओली नेतृत्वको संघीय ससरकारले भ्रष्ट्राचार प्रति शून्य सहनशीलताको नीति लिएकै कारण बहालवाला मन्त्रीमाथि विभागले छानबिन गरेको हो । मन्त्री रावलमाथि छानबिनका गर्न विभागले नेपाल प्रहरीका एसपी कमल थापाको नेतृत्वमा विशेष टोली गठन गरेको छ  ।
छानविन टोलीले गत बुधबार र बिहीबार मन्त्री रावलको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको थियो  । मन्त्री रावलविरुद्ध गत ७ साउनमै जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भइसकेको छ ।

विभागको टोलीले तीन दिन लगाएर राज्यमन्त्रीको सम्पत्तिसम्बन्धी कागजपत्र संकलन गरेको थियो । मालपोत कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कर कार्यालयबाट सबै कागजपत्रहरू संकलन गरिएको हो । प्रमाण लोप गर्न सक्ने भएकाले राज्यमन्त्रीकै कार्यालयमा समेत छापा हानेर केही कागजपत्र लिइएको हो ।
मन्त्री रावलको टिप्पर तथा इँटाभट्टामा समेत लगानी रहेको खुलेको भन्दै बिभागले सबै चल–अचल सम्पत्ति रोक्का राखेको छ । बैंक खाता तथा सम्पत्ति रोक्का राखेर निर्वतमान राज्यमन्त्री रावलमाथि छानबिन शसुरु गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न चासो नदिएको भन्दै आलोचना भइरहको छ ।
रावलबिरुद्ध साढे १५ करोड बिगोदाबीसहित मुद्दा दायर भएको थियो । जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

सेयर ट्रान्सफर गरेको नक्कली कागजपत्रका आधारमा राज्यमन्त्री रावलले पैसा लिएको जिकिर गरिएको छ । सोही आधारमा १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu