ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सागका बारेमा आशङ्का राख्नुपर्दैन– अध्यक्ष श्रेष्ठ


admin
२४ कार्तिक २०७६, आइतबार   ७ : ०५   बजे

काठमाडौं, २४ कात्तिक ।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता९साग० निर्धारित मितिमा नै आयोजना हुने बताउनुभएको छ ।

साग प्रचार प्रसार समितिले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णबिराम लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै प्रतियोगिता गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो ।तयारीका बारेमा जानकारी लिन नेपाल आएको आएको दक्षिण एशियाली ओलम्पिक कमिटी तथा सेभ दि मिसनको टोलीले साग आयोजनास्थलको निरीक्षण गरेको बताउँदै श्रेष्ठले भन्नुभयो, “नेपालको तयारीप्रति उनीहरु विश्वस्त भएका छन्, सरकारले उनीहरुका जिज्ञासालाई स्पष्ट पारेको छ । शतप्रतिशत साग निर्धारित मितिमा हुन्छ ।”

प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका श्रेष्ठले सन् १९८४ मा नेपालबाट नै साग खेलकूदको शुरुआत भएकाले पनि प्रतियोगिता नेपालीका लागि गौरव र प्रतिष्ठानको विषय भएकाले भव्यताका साथ सफल बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दुई÷तीन वटा खेलका बाहेक सबै पूर्वाधार निर्माणको कार्य सकिएको बताउँदै प्रतियोगिता अघि सबै पूर्वाधार तयार भइसक्ने उल्लेख गर्नुभयो ।

दशरथ रङ्गशालाको भिआइपी प्यारापिटमा छानो हाल्ने काम बाँकी रहेकाले चार दिनभित्रमा चीनबाट एयर काग्रो गरी छानो ल्याएर छाइने बताउँदै उहाँले पोखरा फुटबल रङ्गशालाका लागि आवश्यक प्यारापिटको सामान बन्दरगाहमा आइसकेकाले साग अगाडी १० हजार दर्शक क्षमताको रङ्गशाला तयार हुने स्पष्ट पार्नुभयो ।सागमा नेपाली टोलीको प्रदर्शनमा सुधार ल्याउन विदेशी प्रशिक्षक, वैदेशिक अभ्यास तथा विभिन्न मैत्रीपूर्ण खेलमा जोड दिएकाले टोलीको प्रदर्शनमा सुधार आएको बताउँदै सिलवालले प्रतियोगितामा दोस्रो बन्ने आफूहरुको तयारी रहेको उल्लेख गर्नुभयो ।

सागमा कूल २८ खेल हुने जानकारी दिँदै उहाँले १८ वटा राजधानी, नौ वटा पोखरा तथा एक वटा खेल जनकपुरमा हुने जानकारी दिनुभयो । केही देशमा प्याराग्लाइडिङ खेलाडी नभएको तथा कतिपयमा खेल सङ्घ नहुँदा प्रतियोगितामा प्याराग्लाइडिङ नहुने आशङ्का रहे पनि आफूहरुले प्रतियोगिताका सबै खेल सञ्चालनका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

साग पोखरा सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रतियोगिताअगावै सम्पूर्ण तयारी सकेर प्रतियोगितालाई भव्य बनाउने बताउनुभयो । एशियाली ओलम्पिक कमिटीका सदस्यसहितको टोलीले पोखरामा निर्माणाधीन साग खेलकूदका पूर्वाधार तथा अभ्यासस्थलको निरीक्षणसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu