ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा सुरु भयो चिच्चाएर वर मागिने मेला


admin
२४ कार्तिक २०७६, आइतबार   ७ : १७   बजे

पाल्पा, २४ कार्तिक । तिनाउँ गाउँपालिका वडा ४ सत्यवती तालमा आजदेखि ३ दिने सत्यवती बज्यै मेला सुरु भएको छ । यही कार्तिक २६ गतेसम्म सञ्चालन हुने सत्यवती मेला आइतबारदेखि सूरु भएको हो ।

रातिमा अनौठो प्रकारको पुजाआजा गर्ने व्यवस्था, चिच्चाएर वर माग्ने प्रचलन नेपालका अन्य स्थानमा कतै नभएकोले विशेष प्रचार–प्रसार गर्न र एक पटक भक्तजनहरुलाई सत्यवती बजैको दर्शनमा सहभागी हुन सत्यवती मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेको छ । मातृसत्ताको समयमा सत्यवती बजैको स्थापना भएको र बज्यैले कानले नसुन्ने भएकाले चिच्चाएर वर माग्ने प्रचलन आजसम्म कायम रहेको छ । यसवर्ष आजदेखि सत्यवती बज्यैको दर्शन तथा पुजाआजा गर्न विशेष साइत जुरेको वडा अध्यक्ष दानबहादुर गाहाले बताए । कार्तिक महिनाको पूर्णिमा पर्ने मेला यस वर्ष सत्यवती बजैको दर्शन गर्ने उत्तम समय रहेको बुढापाका तथा मन्दिरका पुजारीहरुको भनाई रहेको छ ।

साईत जुरेको समयमा सत्यवती बजैको दर्शन गरेमा मनको ईच्छा मागेमा पूरा हुने जनविश्वास रहेको छ । यसवर्ष साईत जुरेकाले तीन दिनको अवधीमा तीन लाख भक्तजनहरुले सत्यवती बज्यैको दर्शन गर्ने पुजापाठ गर्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । सत्यवती मन्दिर र ताललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थानीय श्रोत साधनको परिचालन गर्दै आर्थिक तथा सामाजिक एव साँस्कृतिक पक्षलाई माथि उठाउने गरी गाउँपालिकाले काम गर्ने अध्यक्ष घर्ती मगरले बताए ।

तानसेन र बुटवल क्षेत्रबाट आउने भक्तजनहरु पैदल २ घण्टाको उकालो हिडेपछि मन्दिरमा पुग्ने गर्दछन् । खासगरी रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेलामा हरेक वर्ष लाखौं दशनार्थीहरु पुग्ने गर्दछन् । यहाँ जोक परेका बेला वर्षेनी यसैगरी मेला लाग्दै आएको छ । सत्यवती बज्यै बुढी भएकी र कानले समेत कम सुन्छिन् भन्ने मान्यताका आधारमा चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu