ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरेक्सको बम्पर उपहार सार्वजनीक, बिद्यार्थी कार्कीले पाईन २ लाख नगद उपहार


admin
२५ कार्तिक २०७६, सोमबार   १ : २९   बजे

टोकियो,२५ कात्तिक । फोरेक्स जापानको नगद २ लाख बम्पर उपहार आईतबार सार्वजनिक भएको छ । नेपालीका महान पर्व दशैं, तीहार र छठलाई लक्षित गरी संचालन गरेको बम्पर उपहार टोकियोमा पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको हो । “दशैं, छठ, तीहार, फोरेक्सको बम्पर उपहार” भन्ने योजना सहित संचालन गरेको उपहार लक्की ड्र मार्फत सार्वजनीक भएको हो । लक्की ड्र मार्फत सार्वजनीक गरिएको नगद २ लाख यनको बम्पर उपहार टोकियोको ईकेबुकुरोमा बस्दै आएकी बिद्यार्थी रोसिका कार्कीले हात पारेकी हुन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन घलेले लक्की ड्रको चिठ्ठा निकाल्दै कार्कीले पाएको घोषणा गर्नुभएको थियो । ४२ दिन सम्म संचालन भएको योजनामा १० हजार ३ सय ४१ जना नेपाली सहभागी भएको फोरेक्सका जनरल म्यानेजर आकिरा योकोमिचुले जानकारी दिनुभयो । सोही योजना अबधिमा फोरेक्सले दैनिक र साप्ताहिक गरी अन्य २ प्रकारका उपहार योजना पनि संचालन गरेको थियो । जसअन्तरगत प्रत्येक दिन २ जनालाई अन्तराष्ट्रीय कलिङ कार्ड र प्रत्येक हप्ता १ जनालाई १० हजार नगद उपहार समेत प्रदान गरेको थियो । दैनिक तर्फ ८४ जना र साप्ताहिक तर्फ १४ जनाले उपहार पाएका थिए ।

बम्पर उपहार सार्वजनीक संगै खेलकुदको क्षेत्रमा पनि महत्वपुर्ण सम्झौता गरेको छ । दुखको कमाई ढुक्कले पठाउ भन्ने सामाजीक सेवा सहित काम गर्दै आएको फोरेक्सले खेलाडीको क्षमता अभिवृद्धीका लागि पनौती फुटबल क्लव जापान संग सम्झौता गरेको हो । सम्झौतामा पनौती फुटवल क्लव जापानमा हुने फुटवल प्रतियोगितामा सहभागी हुदा आवश्यक भौतिक, आर्थिक, सामाजिक र नैतिक सबै खाले जिम्मा फोरेक्सले लिने गरी फोरेक्सका बिजनेश म्यानेजर पन्च चौधरी र पनौती फुटबल क्लवका टीम क्याप्टेन रितन श्रेष्ठ र टीम म्यानेजर संजीत ठकुरीले हस्ताक्षर गर्नुभएको हो । विश्वका सबै देशमा सेवा पुर्याउदै आएको यस कम्पनीले नेपालमा आई पे रेमीट मार्फत ८ हजार बढी भुक्तानी काउन्टर र सबै बैंक तथा फाईनान्समा रियल डिपोजीट सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group