ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यासः आर्थिक समृद्धिको वाहक’ (राजकीय भोजको फोटोफिचर )


एबीसी न्यूज
२८ कार्तिक २०७६, बिहिबार   ६ : ४६   बजे

काठमाडौँ, २८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेको बताउनुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको सम्मानमा बुधवार साँझ यहाँ आयोजित राजकीय भोजमा राष्ट्रपति भण्डारीले लामो समयपछि बङ्गलादेशबाट भएको उच्चस्तरीय औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भएको बताउनुभयो । उहाँले बङ्गलादेशसँग दौत्य सम्बन्ध कायम भएदेखि नै दुवै देशबीच घनिष्ठ सम्बन्ध रहेकामा सन्तोष व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले दुवै मुलुकसँग आर्थिक विकासमा अपार सम्भावना रहेको बताउँदै नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यासलाई दुवै देशको आर्थिक समृद्धिमा जोड्न सकिने धारणा व्यक्त गर्नुभयो । बङ्गलादेशले हालै गरेको तीव्र विकासले आफूलाई खुशी लागेको बताउँदै उहाँले दुवै देशबीच व्यापार, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहयोग आदानप्रदान आवश्यक रहेकामा जोड दिनुभयो । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको अवगत गराउँदै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पुरातात्विक सम्पदाले बङ्गलादेशका जनता नेपाल भ्रमणमा आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले सन् २०२० अप्रिल २ देखि ४ सम्म पहिलो पटक जलवायु परिवर्तनको विषयसँग सम्बन्धित सगरमाथा संवाद आयोजना गर्न लागेको बताउँदै राष्ट्रपति भण्डारीले उक्त संवादमा बङ्गलादेशबाट उच्चस्तरको प्रतिनिधित्व हुने अपेक्षा व्यक्त गर्नुभयो । साझा चासो र हितमा द्विपक्षीय सहयोग बढाउँदै लैजानुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले गरीबी, बेरोजगारी, महिला हिंसा र कुपोषणबाट उन्मुक्ति पाउन यस क्षेत्रका क्षेत्रीय संस्था सार्क र बिम्स्टेकलाई सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रत्युत्तर भाषणमा बङ्गलादेशका राष्ट्रपतिले राष्ट्रपति भण्डारीसँग आज अपराह्न अत्युत्तम द्विपक्षीय भेटवार्ता भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालको उच्च राजनीतिक नेतृत्वसँग भएका भेट द्विपक्षीय सम्बन्ध र सहयोगलाई बढाउनेमा नै केन्द्रित रहेका बताउनुभयो ।

उहाँले जलस्रोत व्यवस्थापन, जलविद्युत् उत्पादन, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, जलमार्ग, हवाई मार्ग, रेलसडकसहितका सम्पर्क सञ्जालका क्षेत्रमा दुवै देशले साझेदारी गर्न सक्ने प्रचूर सम्भावना छन् भन्दै ती क्षेत्रमा सहयोग बढाउन आफ्नो देश तत्पर रहेको बताउनुभयो ।

बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा बङ्गलादेश र नेपालले साझा चासोका मामिलामा साझेदारी गर्दै आएको बताउँदै उहाँले आफ्नो देश र नेपालका शान्ति सैन्यले राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा उल्लेखनीय योगदान गरिरहेको उल्लेख गर्नुभयो । बङ्गलादेशले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले सन् १९७१ को बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन नेतृत्वबाट प्राप्त नैतिक एवं भौतिक सहयोगको सराहना गर्नुभयो ।

बङ्गलादेश र नेपाल इतिहास, संस्कृति र भाषाले अझ निकट जोडिएको बताउँदै उहाँले सन् २०२० मा राष्ट्रपिता बङ्गबन्धुको जन्मशतवार्षिकी समारोहका अवसरमा आयोजना हुने खुशीयालीको विशेष कार्यक्रममा नेपालबाट पनि सहभागिताको अपेक्षा गर्नुभयो । नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले नीति तथा कार्यक्रमका लक्ष्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा सक्दो सहयोग गर्न बङ्गलादेश तत्पर रहेको बताउनुभयो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री, मन्त्रि, सरकारका विशिष्ट श्रेणाीका कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu