ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ राष्ट्रिय कफी दिवस : गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र


एबीसी न्यूज
१ मंसिर २०७६, आइतबार   ९ : ०१   बजे

 

तम्घास, १ मङ्सिर । आज १५औं राष्ट्रिय कफी दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै छ । दिवसको अवसरमा चिया तथा कफी विकास बोर्ड र कफी उत्पादक किसानले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । पछिल्लो समय नेपालका कफी उत्पादनसँगै प्रयोग समेत बढदै गएको छ । कफी हाउसको बिस्तारले आन्तरिक बजारमा पनि कफीको माग बढदो छ ।सरकारी तथ्यांक अनुसार देशभर वार्षिक ५ सय १३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करीब १० प्रतिशतको वृद्धि हो । यद्यपि गत वर्षको तुलनामा कफीको निर्यात भने करीब ११ प्रतिशतले घटेको छ ।नेपालको २ हजार ६ सय ५० हेक्टरमा कफी खेती हुने गरेको छ । कफी विकास बोर्डको अध्ययन अनुसार नेपालमा करीब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने सम्भावना छ

गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उहाँ आफैँ जोहो गर्नुहुन्छ । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र ।

हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उहाँले घर खर्च चलाउने रकम प्राप्त गर्नुहुन्छ । कफी अनुसन्धान केन्द्रमा रहेका कफीका बिरुवामा मलपानी राख्ने, बिरुवा वरपरका झारपात गोड्ने उहाँको दैनिक काम हो । सोही काम गरेबापत उहाँले आफ्नो दैनिकि चलाउदैँ आउनुभएको छ । उहाँका श्रीमान् रोजगारीकै लागि भारतमा हुनुहुन्छ । शुरुमा अलिकति रकम चाहिए पनि श्रीमान्कै आस गर्ने उहाँ केन्द्रमा काम गर्न शुरु गरेदेखि घर खर्च रकम रकम आफैँ जुटाउनुहुन्छ ।

सोही स्थानकी मिठु क्षेत्रीले पनि कफी अनुसन्धान केन्द्रमा कफीका बोटबिरुवामा पानी राख्ने, जङ्गलको झार तथा घाँस काट्ने र सफा बनाउने, नर्सरी व्यवस्थापन, मल बीउको व्यवस्थापन, सिँचाइजस्ता काम गर्न थालेको तीन वर्ष भयो । श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छन् । तर, आफूसहित छोरी र दुई छोराको आर्थिक खर्च उहाँ आफैँले व्यवस्थापन गर्नुभएको छ । “दैनिक रु ५१७ का दरले मासिक रु १५ हजार ५०० हुन्छ, तर सबै दिन आउन पाइँदैन”, उहाँले भन्नुभयो, “कफी अनुसन्धान केन्द्रले गाउँमै रोजगार दिँदा खुशी लागेको छ ।” सामान्य रकमको आवश्यकता पर्दा कसैसँग हात जोड्नु नपर्ने, आफ्नै छोराछोरीसँग बसेर काम गर्न पाइने, महिला समूहहरुमा बचत गर्दा पैसाको समस्या नपर्नेजस्ता कार्यमा सहयोग पुग्ने हुँदा उहाँले केन्द्रमै काम गरिरनुभएको छ । त्यसका साथै उहाँले आफँैले कमाएको पैसा र श्रीमान्ले कमाएर दिएको पैसामा समेत फरक पर्ने बताउनुभयो ।

कफी अनुसन्धान केन्द्रमा फूलखेती

कफी अनुसन्धान केन्द्रमा फूलखेती पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, बलेटक्सारमा रहेको कफी केन्द्रमा बनाइएको बगैँचामा फूलखेतीसमेत हुने गर्दछ । फूलखेतीकै लागि एक महिला कामदार केन्द्रले नियुक्त गरेको छ । बगैँचामा अहिले सयपत्री, थुङ्गेलगायतका झण्डै आधा दर्जन प्रकारका फूल छन् । “यसपालिको तिहारमा मात्रै रु १४ हजारको फूल बिक्री भयो, बाँकी बीउका लागि राखिएको छ ।” विगत पाँच वर्षदेखि केन्द्रको बगैँचामा काम गर्दै आउनुभएकी ४० वर्षीया कमला गौतमले भन्नुभयो, “गाउँमै फूल स्याहार्ने काम पाउँदा खुशी लागेको छ ।” रोजगारीकै लागि श्रीमान् विदेश रहे पनि घर खर्च आफूले चलाउने र श्रीमान्ले कमाएको पैसा बचत हुने उहाँले बताउनुभयो । केन्द्रमै मजदुरी गर्दै आउनुभएकी सरिता गौतमले पनि बलेटक्सारमा अनुसन्धान केन्द्र स्थापना भएपश्चात धेरै महिलालाई जीविकोपार्जनको माध्यम भएको प्रतिक्रिया दिनुभयो ।

महिला–पुरुषलाई समान ज्याला

हाम्रो समाजमा अझै पनि महिला र पुरुषलाई कामको ज्यालामा विभेद गर्ने गरिन्छ । तर, बलेटक्सारको कफी अनुसन्धान केन्द्रमा काम गर्ने श्रमिकको पारिश्रमिक समान कायम गरिएको छ । समान प्रकृतिको काम गर्ने श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम दैनिक ज्याला रु ५१७ प्रदान गरिन्छ । जसले गर्दा महिलालाई पनि हौसला मिलेको छ । “गाउँमा पुरुषको तुलनामा हामीलाई कम ज्याला दिने गर्दछन्, तर यस केन्द्रमा समान ज्याला छ”, केन्द्रमै काम गर्न आएकी रुरु गाउँपालिका–३ ओखलढुङ्गाकी कमला ज्ञवालीले भन्नुभयो, “केन्द्र स्थापना भएपछि सामाजिक र आर्थिक पक्षमा धेरै सहज भएको छ ।”, उहाँले पनि नर्सरी सफा गर्ने, गोडमेल गर्ने, कफी टिप्नेलगायतका काम कफी अनुसन्धान केन्द्रमा गर्दै आउनुभएको छ ।

४० जनासम्म कामदारले वार्षिक २७ लाख बुझ्छन्

कफीको उद्गमस्थल गुल्मीमा कफीको अनुसन्धान गर्ने उद्देश्यले विसं २०७१ मा राष्ट्रिय कफी अनुसन्धान केन्द्र स्थापना भयो । केन्द्रले कफीको अनुसन्धान मात्र गरेन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना ग¥यो । कार्यालयमा काम गर्ने सात कर्मचारी छन् । तर, स्थानीय कामदार भने त्यो भन्दा तेब्बर सङ्ख्यामा छन् । केन्द्र स्थापना भएदेखि नै स्थानीय कामदार नियुक्त गरिएको थियो । प्रत्येक कामदारको दैनिक ज्याला न्यूनतम ५१७ तोकिएको छ । तर, सामान्यबाहेकका अन्य सीपमूलक काममा भने त्यो भन्दा बढी पनि ज्याला प्रदान गरिएको कार्यालयले जनाएको छ ।

केन्द्रमा अहिले २२ नियमित कामदार छन् । तीमध्ये अधिकांश पाँच वर्षदेखि नै मजदुरीको काम गर्दै आएका छन् भने कतिले दुई वर्षदेखि काम गर्दै आएका छन् । केन्द्रमा बढीमा ४० जनासम्मलाई मौसमी रोजगारी कार्यालयले दिने गरेको कार्यालयका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । शुक्रबार र शनिबार बिदा हुने तथा अन्य दिन पनि कोही कामदार नआउने हुँदा एक जनाको मासिक ज्याला बढीमा रु १२ हजारसम्म हुने गरेको उहाँले बताउनुभयो । त्यसरी कार्यालयमा काम गरेवापत स्थानीय मजदुरले वार्षिक रु २२ देखि २७ लाखसम्म लैजाने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । नियुक्त गरिएका कामदारको रकम नेपाल सरकारले नै उपलब्ध गराउने कार्यालय प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group