ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डपुत्र प्रकाशको दोस्रो स्मृति दिवस आज


एबीसी न्यूज
३ मंसिर २०७६, मंगलबार   ९ : २०   बजे

काठमाडौं, ३ कात्तिक । तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको मंगलवार दुई वर्ष पुगेको छ ।

युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला उनको निधन भएको थियो । दाहालको स्मृतिमा आज प्रचण्ड निवास खुमल्टारमा स्मृति सभा आयोजना गरिएको छ । अध्यक्ष प्रचण्डको निजि निवास खुमलटारमा दीप प्रज्वलन गर्दैछ। दोस्रो स्मृति कार्यक्रम आन्तरिक रुपमा घरमा नै गर्न लागिएको खुमलटारमा स्रोतले जानकारी दिएको छ।

प्रकाशको संक्षीप्त परिचय

वि.सं २०३८ असार १७ गते बुवा पुष्पकमल दाहाल र आमा सीता दाहालको कोखबाट चितवनको भीमसेननगरमा उनको जन्म भएको थियो । पत्नी सृजना त्रिपाठीसँग वैवाहिक सम्बन्धमा रहँदै उनले विना मगरसँग विवाह गरेका थिए । दुबै पत्नीका तर्फबाट उनका दुई छोरा छन्, प्रसिद्ध र प्रणव । प्रकाशले २०६९ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । २०५७ मा तत्कालिन नेकपा माओवादीका पूर्णकालीन कार्यकर्ता बनेका प्रकाशले बुवा प्रचण्डको सचिवालय, अंगरक्षक तथा व्यवस्थापन सम्हाले ।

१२ बुँदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा उनको महत्वपूर्ण योगदान रह्यो । सूचना प्रविधिमा विशेष दखल राखेको प्रकाशलाई मिडियामैत्री व्यक्तित्वका रुपमा चिनिन्थ्यो । अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान दिएका उनले प्रचण्डको दोस्रो प्रधानमन्त्रीकाललाई व्यवस्थित बनाउन कुनै कसर बाँकी राखेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu