ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै सामुदायिक विद्यालयको सबलीकरण गरिन्छ– मुख्यमन्त्री पौडेल


admin
३ मंसिर २०७६, मंगलबार   ७ : ५८   बजे

काठमाडौं, ३ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रदेशभित्रका सबै सामुदायिक विद्यालयको सबलीकरण गर्ने बताउनुभएको छ ।

हेटौँडा–१८ मा रहेको गोरक्षेश्वर माविमा प्राविधिक शिक्षा शुरुआत गर्ने उद्देश्यले आयोजित महयज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हरेक सामुदायिक विद्यालयको शिक्षा अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालय कमजोर र निजी विद्यालय मजबुद हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले विद्यालयलाई शान्तिक्षेत्रका रुपमा बुझेर कुनै पनि बहानामा विद्यालय बन्द गर्न नहुने धारणा राख्नुभयो । विगतमा आफू शिक्षक रहेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले शिक्षक सङ्गठन विद्यालयमा राजनीति गर्नमात्र नखोलिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले सरकारी विद्यालयले भौतिक पूर्वाधारका साथसाथै गुणस्तरीय शिक्षा दिएर निजी विद्यालयलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापनको ठूलो हात रहने भन्दै यसतर्फ ध्यान दिँदै निजी विद्यालयतर्फ आफ्ना बालबच्चा बढाउने अभिभावकलाई सरकारी विद्यालयतर्फ आकर्षित गराउन शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता तथा महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष इन्द्रबहादुर बानियाँले विद्यार्थीले पढाइसँगै सीप पनि सिकोस् भन्न प्राविधिक शिक्षा आवश्यक पर्ने भएकाले प्राविधिक शिक्षा सञ्चालन गर्न लागिएको धारणा राख्नुभयो ।

पण्डित दीनबन्धुु पोखरेलले समृद्धिका लागि सीपमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो । हेटौँडा–१८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउन आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको हो ।

आजदेखि मङ्सिर १० गतेसम्म पण्डित दीनबन्धु पोख्रेलले वाचन गर्ने सप्ताह ज्ञान महायज्ञमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा–१८ का वडाध्यक्ष अनिल बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँ, समाजसेवी हर्क रम्तेल, त्यसै विद्यालयकी कक्षा २ मा अध्ययनरत छात्रा कुसुम भोम्जनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच सप्ताह ज्ञानमहायज्ञको शुरुआत भएको पहिलो दिनमै २२ लाख ५० हजार सङ्कलन भएको छ । महायज्ञमा विद्यालयका संस्थापक अध्यक्ष सुरेन्द्रराज बानियाँले १० लाख रकम बराबरको एक कट्ठा जग्गादान गर्नुभएको छ भने मूल समारोह समितिका अध्यक्ष इन्द्रबहादुर बानियाँबाट एक लाख, हेटौँडा–१८ का मुक्तिप्रसाद चौलागाईंबाट दुई लाख ५१ हजार, विद्यालयका शिक्षक कर्मचारीहरुबाट चार लाख आठ हजार, विद्यालयका संस्थापक जगतबहादुर थापाबाट रु पाँच लाख सङ्कलन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group