ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यथास्थितीमा नेपालमा टेलिभिजन पत्रकारीता चल्न नसक्ने


sharan sharan
३ मंसिर २०७६, मंगलबार   ९ : २५   बजे

बुटवल, ३ मंसिर ।
टेलिभिजन पत्रकारितामा थप चुनौती बढ्दै गएकोले वर्तमान अवस्थामा न्यूज ब्रेकिङ भन्दा पनि मुद्धामा केन्द्रीत हुनुपर्ने सरकोरवालाहरुले बताएकाछन् ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीद्वारा आयोजित तीन दिने लुम्बिनी न्यूज फेस्टिबल अन्तर्गत मंगलबार भएको संघीयतामा टेलिभिजन विषयक छलफलमा सहभागि वक्ताहरुले टेलिभिजन पत्रकारितालाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्यालले अबको टेलिभिजन पत्रकारितामा मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहांले टेलिभिजन भन्दा छापा तथा न्यु मिडीयाका माध्यमहरु अगाडी बढ्दै गएको बताउँदै टेलिभिजनलाई नयाँ ढंगलेसञ्चालन गर्नुपर्ने बताउनुभयो । यथास्थितीमा टेलिभिजन सञ्चालन गरे टेलिभिजन पत्रकारीताको भबिश्य समाप्त हुने सम्पादक अर्यालले बताउनुभयो ।
सगरमाथा टेलिभिजनका सम्पादक गणेशमान गुरुङले टेलिभिजनमा काम गर्नेलाई राम्रो समाचार लेखेर नभइ राम्रो खिच्नु पनि पर्ने भएकोले अरु सञ्चारमाध्यम भन्दा यसमा बढी मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
एबीसि टेलिभिजन प्रदेश ५ व्युरो प्रमुख शरण कर्माचार्यले टेलिभिजनमा ग्रामीण क्षेत्रका नागरिकको सक्रिय सहभागिता गराउन सके टेलिभिजन पत्रकारीता बांच्न सक्ने बताउनुभयो । उहांले पत्रपत्रिका भन्दा टेलिभिजनमा काम गर्नु थप चुनौती भए पनि पारिश्रमिक एउटै भएको कारण दक्ष जनशक्तिको अभाव हुंदै गएको बताउनु भयो । काठमाण्डौ बाहिर महिला टेलिभिजन पत्रकारको खडेरी लागेको बताउंदै महिलाहरुको पत्रकारीता बिबाह पछि सकिने गरेको बताउनुभयो ।
लुम्बिनी सामुदायिक टेलिभिजनका महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले केन्द्रका मिडियाले स्थानीय मुद्दालाई प्राथमिकता दिन नसकेको बताउनुभयो । उहांले काठमाण्डौ बाहिर टेलिभिजन स्थापना गरेर संघीयताको अभ्यास सुरु भएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण जनता टेलिभिजनका समाचार प्रमुख रामकुमार एलनले गर्नुभएको थियो ।
नेपालमै पहिलो पटक आयोजना गरिएको समाचार महोत्सव ‘लुम्बिनी न्यूज फेस्टिवल–२०७६, १६बुँदे घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ । संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा ठूला तथा राष्ट्रिय पत्रिकाका सम्पादकहरु,अग्रज पत्रकार,सञ्चार प्रमुख लगाएत प्रदेश ५ का सबै जिल्ला र देशैभरका अन्य जिल्लाहरुबाट ३ सय बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group