ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्यअनुसार नै मुलुकमा पछिल्लो समय लगानीको वातावरण बनेको छ– सिँचाइमन्त्री पुन


admin
५ मंसिर २०७६, बिहिबार   ४ : २०   बजे

काठमाडौं, ५ मंसिर । सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु भएको छ ।

स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल इपानको प्रमुख आयोजना र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा शुरु भएको सम्मेलनमा नेपाल, भूटान, बङ्गलादेश, भारत, चीन, नर्वे, अष्ट्रियालगायतका देशका प्रतिनिधि एवं लगानीकर्ता सहभागी छन् ।सम्मेलनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले राखेको लक्ष्यअनुसार नै मुलुकमा पछिल्लो समय लगानीको वातावरण बनेको र ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन भइरहेको बताउनुभयो ।

सरकारले कानूनी, नीतिगत एवं संरचनागत सुधार गरेका कारण नेपाल आकर्षक र भरपर्दो गन्तव्यका रुपमा विकास भएको भन्दै उहाँले बिनाहिच्किचाहट लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो ।सरकारले आगामी पाँच वर्षमा विद्युत् उत्पादन हालको तुलनामा पाँच गुणा वृद्धि गर्ने लक्ष्य राखेको जानकारी दिँदै उहाँले स्वदेशको मात्रै लगानीले राष्ट्रिय लक्ष्य पूरा नहुने भएकाले विदेशी लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आमन्त्रण गर्नुभयो ।

सरकारले विद्युत्को बजार विस्तारका लागि छिमेकी देशसँग सहकार्य थालेको र केही दीर्घकालीन सहमतिसमेत भएको उल्लेख गर्दै उत्पादन भएको विद्युत् खेर जान्छ कि भन्ने चिन्ता नगर्नसमेत आग्रह गर्नुभयो ।उहाँले भारत, बङ्गलादेशजस्ता देशमा सहजरुपमा नेपालको विद्युत् लैजाने वातावरण बनेको र त्यसका लागि थप काम भइरहेको जानकारी दिनुभयो । सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् लैजाने रणनीतिक लक्ष्य राखेको बङ्गलादेशका ऊर्जा, खनिज राज्यमन्त्री नसरुल हमिदले दुई देशबीच विद्युत विकासमा सहकार्य गर्ने समझदारी गत वर्ष नै भएकाले सोहीअनुसार काम भइरहेकामा प्रसन्नता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारीअनुसार नै द्विपक्षीय छलफल भइरहेको छ । दुवै देशका प्राविधिक टोलीको दुईपटक बैठकसमेत भइसकेको छ । हामी थप अगाडि बढ्न चाहन्छौँ ।”उहाँले नेपालबाट बङ्गलादेशमा विद्युत् लैजाने मार्गप्रशस्त हुँदै गएकामा प्रशन्नता व्यक्त गर्नुभयो । दुई देशबीचको ऊर्जा व्यापारमा भारतको सहयोग रहने उहाँको भनाइ थियो । सम्मेलनमा सहभागी हुन आउनुभएका भूटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्माले नेपाल र भूटान जलविद्युत् उत्पादनका हिसाबले दक्षिण एशियाका लागि ‘पावर हाउस’ भएको चर्चा गर्दै मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

भूटान र नेपालको विद्युत् पहिलो बजार भारत भएकाले विद्युत् निर्यात गरेर त्यसबाट फाइदा लिन सकिने उहाँको भनाइ थियो । आर्थिक विकासको मेरुदण्ड पनि जलविद्युत् नै भएकाले त्यसमा दुई देशबीच सहकार्य गर्नु जरुरी रहेको मन्त्री शर्माको भनाइ थियो ।नेपालले विद्युत् विकासमा राखेको लक्ष्य पूरा गर्न विदेशी लगानी अपरिहार्य रहेको नेदरल्याण्ड विकास नियोग ९एफएमओ० का प्रमुख लगानी अधिकृत लिन्डा ब्रोइखजेनको भनाइ थियो । आफ्नो संस्थाले भूटान तथा बङ्गलादेशमा पनि लगानी गरिरहेको जानकारी दिँदै उहाँले नेपालको जलविद्युत् विकासमा पनि थप लगानी गर्ने इच्छा प्रकट गर्नुभयो ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले विद्युत्को बजार खोज्न यस सम्मेलन सार्थक बन्ने उल्लेख गर्नुभयो । नेपालमा उत्पादन भएको विद्युत् देशमा खपत गर्ने र बाँकी रहेको विद्युत् क्षेत्रीय बजारसम्म पु¥याउन आफूहरु पनि सरकारसँगै लागिपरेको उहाँको धारणा थियो ।इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न द्विपक्षीय तथा त्रिपक्षीय समझदारी आवश्यक रहेको बताउनुभयो । “हामी निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्दै विद्युत्को बजार खोज्ने प्रयास गरिरहेका छौँ, सरकारले हामीलाई पनि मार्गदर्शन गर्छ भन्ने विश्वास छ”, उपाध्यक्ष पाण्डेलले भन्नुभयो ।

सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा नेपाललगायत विभिन्न देशका सात प्रतिनिधिको सहभागिता रहेको उपाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group