ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाकाबन्दीमा एक शब्द बोल्न नसक्नेले अहिले ठुल्ठुलो ढाडे बन्न खोज्ने– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
८ मंसिर २०७६, आइतबार   ११ : ५४   बजे

पोखरा ,  ८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको खण्डन गर्नुभएको छ । हिजो शनिबार देउवाले पोखरामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा ‘कालापानी र लिपुलेक ओलीकै सहमतिमा राखिएको भन्ने आरोप लगाएका लगाउनुभएको थियो ।
देउवाले आफूले महाकाली सन्धि गर्दा कालापानी महाकाली पूर्वमा रहेको र अहिले भारतले ओलीकै सहमतिमा नयाँ नक्सा सार्वजनिक गरेको’ आरोप लगाएका लगाउनुभएको थियो । त्यसको खण्डन सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले गरेका गर्नुभएको छ ।

उहाले खण्डन मात्र गर्नुभएन , उल्टै देउवालाई आरोप पनि लगाउनुभयो । “श्रीमान् शेरबहादुर देउवाजीलाई स्पष्ट भन्न चाहान्छु, हाम्रो बोली लर्बरिन्न, देशभक्तिको विषयमा । नाकाबन्दीमा एक शब्द बोल्न नसकेर म्याउँ गर्न नसक्ने, अहिले ठुल्ठुलो ढाडे बनेर चुनाव आयो भनेर कुर्लेर हुन्छ ?” नाकाबन्दीमा कुन दुलोमा बस्नु भएको थियो । ”

नेपाल पत्रकार महासंघ कास्कीले गरेको कार्यक्रममा मन्त्री बास्कोटाले आइतबार बिहान यस्तो बताउनुभएको हो । उहाले चुनावी हार वा जितलाई देशभक्तिको प्रश्नमा नजोड्न समेत सुझाव दिनुभयो । “प्रमुख प्रतिपक्षी दल जस्तो जिम्मेवार दलको नेताले लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन । यदि लगाउनुभएको हो भने उहाँको बारेमा केही गम्भीर प्रश्न उठाउनुपर्ने भयो, यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा कैयौँ विवादास्पद सन्धि सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नुभयो वा अरुको अलिकति एकलौटी पेलाइमा पर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिनुपर्ने हुन्छ,” मन्त्री बास्कोटाको प्रतिप्रश्न छ, “टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वोच्च अदालतले सच्याउनुपर्यो, त्यो सन्धिप्रति खुद शेरबहादुर देउवाको दृष्टिकोण के ? जसलाई सर्वोच्च अदालतले पनि गलत हो भनेर भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ।”

कालापानी र लिपुलेकको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको उहालाई जानकारी छैन र प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएरै भन्नु भएको छ । के त्यति वेला उहाँले कानमा तेल हाले र बस्नु भएको थियो होला तर सरकारले तेल हालेर बसेको छैन मन्त्री बास्कोटाले भन्नुभयो । “भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपल्ट नेपालको सिटिङ प्राइममिनिष्टरले म यो मान्दिनँ नेपालको लागि यो स्वीकार्य छैन भनेर बोल्यो,” उहाले भन्नुभयो । के यो कुरा उहाले सुन्नु भएन ?

“नेपाली जनताको मत र फैसलामाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने श्री शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैँमा लज्जाजनक विषय हो, म खेद प्रकट गर्न चाहान्छु ।” मन्त्री बास्कोटाले भन्नुभयो ।

पोखरामा आएर यस्तो आरोप लगाउनुको अर्थ आफूले बुझेको तर सर्वदलीय र सर्वपक्षीय बैठकमा भने देउवा आफैले राष्ट्रियताको विषयमा एकमत हुने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।

“म बुझ्छु उहाँले किन पोखरामा आएर आरोप लगाउनुभयो । किनभने पर्सि १४ गते यहाँ पर्सि के छ, चुनाव छ । म चाहिँ यति सस्तो कुरा उहाँले बोल्नुहुन्न र म उहाँ खुद आफैँ उपस्थित हुनुभएको बैठकमा सम्माननीय प्रमले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा उहाँको कुनै विमती थिएन,” उहाँले भन्नुयो, “प्रधानमन्त्रीज्यूले जुन दृष्टिकोण राख्नुभयो, हाम्रो जमिन फिर्ता गर्ने हो । हाम्रो अधिकार र सार्वभौमिकताको सुरक्षा गर्ने हो भन्ने कुरामा उहाँको विमति थियो र त्यतिखेर ?” यस्ता आरोप लगाउने हो भने, कोशी, गण्डकीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ शेरबहादुर देउवाले दिनुपर्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group