ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकालाई बचाउन सचेत गराउनुपर्छ– प्रदेश प्रमुख


admin
९ मंसिर २०७६, सोमबार   ५ : १०   बजे

काठमाडौं, ९ मंसिर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दूरगामी असरबाट बचाउन बालबालिकालाई सचेत गराउँदै लैजानुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिकाको समस्या समाधान गर्नु सबैको दायित्वभित्र पर्छ भन्नुभयो ।

प्रदेश प्रमुख प्यासीले सामन्तवादी चिन्तनले बालबालिका जोखिममा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाले आमाको गर्भदेखि समाजका हरेक क्षेत्रमा सास्ती भोगिरहेको चर्चा गर्नुभयो ।सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर बालबालिका संरक्षण ऐन ल्याउन लागेको जानकारी दिँदै बाल संरचनाहरु विद्यालयमा मात्र होइन समुदायमा पनि केन्द्रित हुनुपर्छ भन्नुभयो ।

उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको अधिकारका लागि स्थापना भएको सङ्घसंस्था सरकारसँग हातेमालो गरेर हिँड्नुपर्ने धारणा राख्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश योजना आयोगले विसं २०८१ भित्रमा बालश्रममुक्त प्रदेश बनाउन विभिन्न योजना बनाएको चर्चा गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य महेश रेग्मीले संविधानले बालअधिकारको पूर्ण रक्षा गरेकाले यसको व्याख्या स्थानीय तहसम्म हुनुपर्छ भन्नभयो । मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले बालबालिकाको उच्चतम हित र संरक्षणमा नेपाल प्रहरी सदैव तयार रहेकामा जोड दिनुभयो ।

सिविनका अध्यक्ष माधव मानन्धर र कार्यकारी निर्देशक सुम्निामा तुलाधरले यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको हित र संरक्षणमा लागि गरेको प्रस्ट पार्नुभयो ।कार्यक्रममा पूर्वाञ्चल अनाथ आश्रमका सीता पोखरेल, बाल संरक्षण समूह बूढीगङ्गाका सुस्मिता क्रृषिदेव र सिविनका सदस्य डा गोविन्द सुवेदीले बालबालिका अधिकार स्थापित नहुन्जेल मुलुकमा समृद्धि नआउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group