ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सागमा भाँचिएको त्यो नाक


एबीसी न्यूज
२३ मंसिर २०७६, सोमबार   २ : ००   बजे


काठमाडौं, २३ मंसिर । बल नेपाली पोस्टतिर उडेर आउँदैथ्यो। गोलकिपर विकेश कुथु अगाडि बढे र उफ्रेर बल समात्ने प्रयास गरे। त्यतिञ्जेल श्रीलंकाली खेलाडी मोहम्मद साहिल पनि बल नजिक पुगिसकेका थिए। उनका लागि गोल गर्ने मौका थियो, त्यसैले बल हेडिङ गरे।

तर साहिलकोे टाउको बलमा होइन, विकेशको नाकमा नराम्ररी ठोक्कियो। तैपनि विकेशले आफ्नो नाकतिर ध्यान दिएनन्। बल च्याप्प समाते। बल हातमा सुरक्षित भएपछि मैदानमै ढले। पीडामा उनी छटपटाइरहेका थिए। तत्काल मेडिकल टिम बोलाइयो। विकेशको नाकबाट रगत

बगिरहेको थियो। ३–४ मिनेटसम्म उनको मैदानमै उपचार भयो। उपचारमा त्यत्रो समय खर्चिएपछि धेरै दर्शकलाई लागेको थियो, उनी बाहिरिन्छन्। तर, विकेशले मैदान छाडेनन्। नाकमा कपास कोचेर, बाहिरी नाकमा ब्यान्डेज गरेर उनी पुनः गोलरक्षाको जिम्मेवारीमा फर्किए। उनको आत्मविश्वासको सम्मानस्वरुप दर्शकले परर्र ताली बजाए।

१३औं दक्षिण एसियाली खेलकुद९साग०अन्तर्गत पुरुष फुटबलको समूह चरणमा मंसिर १८ गते नेपाल र श्रीलंकाबीच खेल चलिरहँदा देखिएको दृश्य हो यो। सिनियर टोलीका सदस्यसमेत रहेका विकेश कुथुले नाकमा नराम्ररी चोट बोक्दा पनि पोस्ट सम्हालेका थिए।

खेललगत्तै विकेशलाई एक्सरेका लागि लगियो। ‘एक्सरेमा नाक फ्र्याक्चर देखियो। डाक्टरले बचेर खेल्नु भनेका छन्,’ विकेशले भने।तर, त्यसदिन आफ्नो नाक भाँच्चिएकोमा भन्दा अन्तिम समयमा गोल खाँदै नेपाल बराबरीमा रोकिनुपरेकोमा विकेशलाई बढी दुःख लागेको छ।

इन्जुरी समयमा खेलले नाटकीय मोड लिएको थियो। श्रीलंकाली कप्तान मोहम्मद फैजलले फ्री–किकमा मिलाएको पासमा जुड सुपनले गोल गरेका थिए। सेन्ट्रल डिफेन्डरको भूमिकामा रहेका सुपनले ३५ यार्डबाट गरेको शक्तिशाली प्रहार सीधै पोस्टभित्र प्रवेश गर्दा विकाले बचाउको कुनै अवसर पाएनन्।

‘शारीरिक चोट त पहिले नै लागेको थियो तर इञ्जुरी समयमा बराबरी गोल बेहोर्नुपर्दा मानसिक रुपमा पनि चोट पुग्यो। त्यो गोल नखाइदिएको भए हामी यतिबेला फाइनलमा हुन्थ्यौं,’ विकेशले भने।अघिल्लो खेलमा चोट लागेपनि विकेश शनिबार भएको माल्दिभ्सविरुद्धको खेलमा पुनः

नाकमा पट्टी बाँधेर मैदान उत्रिए। नाकको पूरै भाग पट्टीले घेरिएको थियो। फाइनल पुग्न जसरी पनि नेपालले माल्दिभ्सलाई जित्नै पर्थ्यो। त्यसैले टोलीका अनुभवी खेलाडी विकेशले आफ्नो चोटको परवाह गरेनन्।‘मेरो चोटभन्दा पनि यो खेल देशका लागि महत्वपूर्ण थियो। यसखेलमा

हामीले जित्न सके फाइनलमा पुग्न सक्थ्यौं। त्यही भएर पट्टी बाँधेर भएरै म खेलमा उत्रिएँ,’ विकेशले भने।विकेशकै केही उत्कृष्ट बचाउका कारण शनिबार नेपालले प्रतियोगिताकै बलियोमध्येको एक टोली माल्दिभ्सलाई २–१ ले पराजित गरी फाइनलनजिक पुगेको छ।

उस्तै छ जोश
सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुद भारतको गुवाहटी र सिलोङमामा भएको थियो। त्यसबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएका कारण धेरै नेपाली आक्रोशित थिए। त्यस्तो समय नेपालले उसकै भूमिमा भारतलाई पराजित गर्दै सागमा स्वर्ण जित्यो।

नाकाबन्दीको पीडा भुलाउने त्यो जितले सबै नेपाली उत्साहित भए। खेलाडीलाई बधाई र सम्मानको ओइरो लागेको थियो।यसपटक सागमा समय फेरिएपनि परिवेश उस्तै छ। भारतले नेपालको सीमा मिचेर नक्सा सार्वजनिक गरेपछि नेपालीहरु आक्रोशित नै छन्। नेपाली खेलाडीको मनमा पनि उस्तै आक्रोश छ।

अघिल्लो पटक पनि यिनै विकेश नेपालको पर्खाल बनेर उभिएका थिए। त्यो स्मृति उनलाई अझै ताजै छ। ‘नाकाबन्दी लगाएको भारतविरुद्ध उसैको भूमिमा जितेर स्वर्ण हात पारेको त्यो क्षण सम्झिँदा अहिले पनि छुट्टै आनन्द आउँछ,’ विकेश भन्छन्।

नेपालले त्यो खेलमा सुरुमै पेनाल्टीमार्फत गोल खाएपनि नेपाली खेलाडीको मनोबल भने गिरेको थिएन। उत्कृष्ट पुनरागमन गर्दै नेपालले अन्त्यमा भारतमाथि २–१ को जित हात पारेको थियो।खेल सुरु हुनुअघि दुवै देशको राष्ट्रिय गान बजाइन्छ तर त्यसबेला रंगशालामा नेपालको राष्ट्रिय गीत बीचैमा बन्द भएको थियो।

‘राष्ट्रिय गान बन्द हुनु प्राविधिक कारण थियो होला तर त्यसले पनि हामीलाई जोश थप्यो। हामी सबै खेलाडीले ठुल्ठूलो स्वरमा राष्ट्रिय गीत गाएका थियौं। त्यो पल मेरो जीवनकै अविस्मरणीयमध्येको एक हो,’ उनले भने।सागका लागि चार महिना अभ्यास गरेको नेपाली टोलीसामु

उपाधि रक्षा गर्ने चुनौती पनि छ। विकेशले पनि त्यो महसुस गरेका छन्। ‘एकातिर हामी साविक विजेता हौं। अर्कातिर घरेलु मैदानमा हजारौं दर्शकसामु लामो समयपछि खेलिरहेका छौं। त्यसैले उपाधि रक्षा गर्नुका साथै दशरथ रंगशालामा सुखद् सुरुआत गर्नु हाम्रो लक्ष्य हो,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu