ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा खाद्य सम्प्रभुता अनिवार्य लागु गराउने छौँ– वरिष्ठ नेता गौतम


admin
१ पुस २०७६, मंगलबार   ३ : ४२   बजे

काठमाडौं, १ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज आयोजना गरेको ‘कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु न्यायसम्बन्धी बहुपक्षीय अन्तरक्रिया’ मा महासङ्घका इञ्चार्ज गौतमले ३१ लाख हेक्टर खेतीयोग्य जमीन अहिले तीन करोडमा टुक्र्रा हुँदै गरेकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा महासङ्घका सहइञ्चार्ज तथा पूर्वमन्त्री सुनिलकुमार मानन्धरले ९० प्रतिशत साना किसानलाई उत्पादनमा प्रोत्साहन गराएर अघि बढाउन जरुरी भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बलरामप्रसाद बाँस्कोटाले नेपालमा बढी कार्बन उत्सर्जन भएर जलवायु परिवर्तन भएकाले साना किसानलाई कृषि क्षेत्रमा थप सक्षम बनाएर अघि बढाउन जरुरी छ भन्नुभयो । महासङ्घका अध्यक्ष भैरव रेग्मीले सरकारले किसानको सहयोगका लागि दिने भनेको अनुदान रकममा ६० प्रतिशत भष्टाचार हुने गरेको विचार राख्दै त्यससम्बन्धी कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कृषि उत्पादन बढाउन बीउबिजन, बजार व्यवस्थापन , कृषि अनुसन्धान केन्द्र र कृषि विश्वविद्यालयमा पनि सरकारले थप जोड दिनु आवश्यक देखिन्छ ।” महासङ्घ स्थायी समिति सदस्य नहेन्द्र खड्काले देशको अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगटेको कृषि क्षेत्रमा सुधारको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “देशमा खाद्य सम्प्रभुता अनिवार्य लागु गराउने वातावरण मिलाउँदै छाँै ।” भूमिहीन, सर्वहारा र मध्यमवर्गीय किसानको हितमा एकै किसिमको कृषि नियम लागु हुन जरुरी रहेको खड्काले बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घ, खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि डा. विनोद शाहले नेपालबाट कसरी भोकमरी हटाउने र किसानको थप आयआर्जन बढाउने भन्ने सङ्घको उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ कृषि क्षेत्रमा पुरुषका तुलनामा जुनसुकै स्थानका महिलाहरुका सहभागिता बढिरहेका हुँदा उहाँहरुले दिनभरि गर्ने कार्यभारमा सहयोग पु¥याउन घरघरका मानिसलाई आग्रह गर्दछु ।” मुलुकमा बढ्दै गएको जलवायु परिवर्तनका कारण पुराना जातजातिका बीउबिजन फल्न नसकेको डा शाहले बताउनुभयो । तीन दिनसम्म चल्ने अन्तरक्रियापछि प्राप्त सुझाव कृषि तथा पशुपन्छीमन्त्रीलाई बुझाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group