ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध मुलुक बनाउन असल संस्कार आवश्यक– मन्त्री बस्नेत


admin
१ पुस २०७६, मंगलबार   ५ : ५९   बजे

काठमाडौं, १ पुस । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्ध मुलुक निर्माणका लागि असल संस्कार आवश्यक रहेको बताउनुभएको छ । संस्कार समाज नेपालले आज यहाँ आयोजना गरेको ‘हरेक महिना १ गते, एक घण्टा १०० मिटर सरसफाई अभियानको शुभारम्भ’ कार्यक्रममा उहाँले असल संस्कारले मात्र मुलुकको विकास सम्भव रहेको बताउनुभएको हो । मन्त्री बस्नेतले काम र मेहनत गर्ने मान्छेलाई सरकारले उच्च सम्मान गर्ने बताउनुभयो ।

उहाँले असल संस्कार अभियान सरसफाइमा मात्र केन्द्रीत नभई गरिब तथा असहाय मानिसको सेवामा लाग्नुपर्ने बताउनुभयो । “सबै व्यक्तिमा असल संस्कार भए मात्र वातावरणसमेत स्वच्छ बनाउन सकिन्छ,” मन्त्री बस्नेतले भन्नुभयो । अभियानमा सरकारको पूर्ण सहयोग रहने उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले संस्कार समाज नेपालले छोटो समयमा समाजमा असल संस्कार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

विसं २०७५ मा स्थापना भएको सो समाजले जनचेनामूलक कार्यक्रम, सरसफाई, रक्तदान, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष पशुपति गुरुङले जानकारी दिनुभयो । ‘हरेक महिना १ गते, एक घण्टा १०० मिटर सरसफाई अभियान’मा अहिलेसम्म विभिन्न १८ सङ्घ संस्थाले ऐक्यबद्धता जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group