ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक


एबीसी न्यूज
२ पुस २०७६, बुधबार   १ : ३५   बजे

काठमाडौं, २ पुस ।  निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ । माघ ९ गते हुने चुनावका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार आउँदो पुस १७ गते बिहान १० देखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशित हुनेछ । १७ गते नै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमाथि दाबी विरोधको उजुरी दिने समय तोकिएको छ ।

आयोगले दाबी विरोधको छानबिन गरी पुस १८ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेछ । यस्तै आयोगले पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको विरोधमा भने २१ गते उजुरी दिन सकिनेछ । २१ गते बिहान १० देखि दिउँसो ४ बजेसम्ममा उजुरी दिनुपर्नेछ । त्यसपछि आयोगले २२ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि छानबिन गर्दै अन्तिम निर्णय गरी २३ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यस्तै उम्मेदवारले नाम फिर्ता लिनका लागि आयोगले २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ । उमेदवारको अन्तिम नामावली भने २५ गते बिहान १० देखि १ बजेसम्म प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि २५ गते नै दिउँसो १ देखि ४ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।

आयोगले चुनाव चिह्न प्रदान गरेको २ हप्तापछि माग ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न सबैसँग आग्रह गरेको छ । यस्तै आयोगले सबै मतपेटिका संकलन गरी ९ गते नै मतगणना सुरु गर्ने पनि जनाएको छ ।

राष्ट्रिय सभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एक गरी १९ सांसदको दुई वर्षे कार्यकाल आउँदो फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भैसक्नुपर्ने व्यवस्था भएअनुसार चुनावी कार्यतालिका सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group