ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. श्रेष्ठको अपहरण प्रकरणका दोषी गौतम पक्राउ


एबीसी न्यूज
४ पुस २०७६, शुक्रबार   ११ : ३४   बजे

काठमाडौं, ४ पुस । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल‚ भरतपुरका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपहरण प्रकरणका दोषी गौतम योञ्जन पक्राउ परेका छन्।

अपहरण गरेको ९ वर्षपछि उनी पक्राउ परेका हुन्। पुनरावेदन अदालतले उनलाई ५० हजार जरिवानासहित ९ वर्ष कैदको फैसला सुनाएको थियो। योञ्जनलाई महाराजगञ्जबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको थियो। उनलाई केन्द्रीय कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी निरज शाहीले जानकारी दिए। २०६७ जेठ ४ मा भिमसेन पण्डित, रोहित पालिवाल लगायतको समूहले डा। श्रेष्ठको अपहरण गरेको थियो। अपहरणपछि काठमाडौंको विभिन्न ठाउँमा उनलाई बन्धक बनाएर राखिएको थियो।

बन्धक बनाएको १९ दिनपछि भारत, उत्तरप्रदेशको कानपुर नजिकै अपहरणकारीलाई तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि उनी छाडिएका थिए। योञ्जनको बुढानिलकण्ठस्थित फार्म हाउसमा पनि श्रेष्ठलाई केही दिन राखिएको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group