ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि अनुदानमा कपिलवस्तुमा चरम अनियमितता (भिडियोसहित)


एबीसी न्यूज
४ पुस २०७६, शुक्रबार   १२ : ५३   बजे


कपिलवस्तु ,   ४ पुस ।  प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा चरम अनियमितता भएको कपिलवस्तुमा पनि भेटिएको छ । सरकारी कर्मचारी,कृषक समूहका अगुवा र सहकारीका केही विचौलियाको सेटिङमा कपिलवस्तुमा पनि कृषि अनुदानमा चरम दुरुपयोग भएको हो ।

कपिलवस्तु नगरपालिका वडा नं २ मा रहेको हृदय कृषक समुहले तरकारी खेतीको लागि आएको अनुदान रकमले जग्गामा तारवार गर्नुको साथै कृषि उपकरणहरु खरिद गरेको छ । गत आर्थिक वर्ष २०७५।०७६ जेठमा कृषि ज्ञान केन्द्रसंग तरकारी खेतिका लागि सम्झौता भएको हो। बोडी लौकी घिरौला भिन्डी लगाएत तरकारी खेती गर्न अनुदान सम्झौता गरिएको थियो । तरकारी लागि सिचाई गर्न बोरीगं जडानका लागि समेत संझौता भएपनि हालसम्म कृषकको खेत बारीमा संझौता गरिए अनुसारका कुनैपनि तरकारी फलेको छैन।

३ विगाह क्षेत्रफल रहेका प्रस्तावित जग्गामा हाल मटर र आलु खेति मात्रै गरिएको छ । सम्झौतामा उल्लेख भएको तरकारी खेति गरिएको छैनन नै । प्राप्त अनुदान पनि सबै खर्च गरिएको छैन । संझौता गर्दा ६ लाख अुनदान लेखिए पनि समुहले ४ लाख ७० हजारको मात्रै किसानले अनुदान पाएको समुहका अगुवाहरुको प्रतिकृया छ । सम्झौता ढिलो भएकोले तरकारी खेतीमा समस्या परेको उनीहरुको भनाई छ ।

यस्तै गरी शिवराज नगरपालिका वडानं ११ सडवामा रहेको नव प्रगतिशिल बहुउद्देश्यीय कृषक समुहको गरेको बाख्रा पालनमा पनि अनुदानको रकम दुरुउपयोग भएको भेटिएको छ ।स्थलगत रुपमा गएर हेर्दा हाल जम्मा ६ वटा बाख्रा समुहको अध्यक्षको घरमा रहेको भेटिएको छ । । बाख्रा पालनको लागि बनाइएको खोर पनि विगत तीन महिनादेखि बन्द रहेको समुहका अध्यक्ष दुर्गा खनाल स्विकार्छन् । प्रदेश सरकार संग ६ लाख अनुदान पाएका समुहले शुरुवाती चरणमा ५६ वटा बाख्र पालेको जानकारी दिएका थिए । बाख्रामा पि पि आर रोग लागेर १७ वटा बाख्रा मरेको र जिउदा १० वटा बाख्रा सस्तो मुल्यमा बिक्री गरेको बताए ।

कृषि अनुदानमा चरम बदमासी भएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले स्थलगत अध्ययन समेत गरेको छ । अध्ययनबाट व्यापक अनियमितता भेटिएको समितिले बताएको छ ।

कपिलवस्तुमा पनि विचौलिया र कर्मचारीको सेटिङमा कृषि अनुदानमा चरम दुरुपयोग भएको छ ।कृषिमा सरकारले व्यवसायीकरण आधुनिकीकरण गर्न भन्दै वर्षेनी कृषि अनुदानमा खर्च गरेको छ । तर, विचौलिया र सरकारी कर्मचारीको सेटिङमा अनुदान हत्याउने गलत प्रवृत्तिले सरकारी योजनालाई हावा खाने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group