ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसो बढे सँगै ठाउँ ठाउँमा आगो बाल्दै सिरहा प्रहरी


एबीसी न्यूज
४ पुस २०७६, शुक्रबार   ७ : ५४   बजे


सिरहा  ४ पुस । शीतलहर सुरु भएसँगै अत्यधिक चिसो बढेको छ । सर्वसाधरण तथा मजदुरहरुको जनजीवन प्रभावित भएको भन्दै जिल्ला प्रहरी कार्यलय सिरहाले ठाउँ ठाउँमा आगो बाल्न सुरु गरेको हो । घरबाट निश्किए पछि चिसोबाट जोगिन चोकहरूमा आगो ताप्ने वातावरण मिलाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चाडो धेरै बढेकोले ठाउँ ठाउँमा दाउरा बाल्ने काम गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी उमा प्रसाद चतुर्बेदीले बताए । अत्याधिक जाडो बढेको कारण सर्वसाधरण यात्रुहरुलाई केहि सहज होस भनेर आगो बाल्ने काम गरेको उनको भनाई थियो । जाडो समय अबधि भर ठाउँ ठाउँमा ठुला ठुला मुडा बाल्ने प्रहरीले बताएको छ ।

जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हुस्सु, शीतलहर र कुहिरोले ढाकेको जनाएको छ । शुत्रबार बिहान ११ बजे सिरहाको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।जाडो बढे सँगै प्रहरीले सिरहाको मुख्य चौक , गाउँ(गाउँमा, सिरहा जिल्ला भरीको टेम्पु स्टेण्ट र अन्य सर्वसाधरणहरु भेला हुने ठाउँमा आलो बालिएको एसपी चतुर्बेदीले बताए ।

सडक पेटी तथा विभिन्न धर्मशालामा अव्यवस्थित रूपमा रात बिताउनेको झन् बिजोग छ । न्यानो लुगा नभएका विपन्न परिवारका सदस्यहरू दैनिक काममा जान सकिरहेका छैनन् । पसल तथा उद्योगधन्धा, कलकारखानामा काम गर्ने मजदुर प्रभावित छन् ।

चिसोका कारण बजार पनि ढिलो खुल्न थालेका छन् । व्यापारीहरूले पनि पसल ढिलो खोल्छन छिट्टै बन्द गर्छन् । हाडजोर्नी, रुघाखोकी र दमका बिरामीको संख्या बढेको स्वास्थ्य संस्थाहरुले बताएका छन । जाडोले बढी प्रभावित हुनेमा मुसहर, डोम र चमारलगायतका दलित बस्ती छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group