ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा जीर्ण भवनमा न्यून दृष्टियुक्त बालबालिका त्रासमा अध्ययन गर्न बाध्य


admin
७ पुस २०७६, सोमबार   १ : २४   बजे

दाङ,७ पुस । दाङको राप्ती गाउँपालिकाले स्थानीय आदर्श नमूना माध्यमिक विद्यालयमा अध्ययनरत न्यून दृष्टियुक्त बालबालिकालाई साङ्केतिक वाद्यवादन उपलब्ध गराएको छ । विद्यालयमा १४ न्यून दृष्टियुक्त बालबालिका अध्ययन गर्दछन् । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बालबालिकालाई मनोरञ्जन गर्न हार्मोनियम, गीतार, मादल, सारङ्गी, खैजडी, ट्याम्पु, मुरली, बासुरी, चापलगायत वाद्यसामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो ।

सरकारले विशेष शिक्षाअन्तर्गत दाङको यस विद्यालयमा न्यून दृष्टियुक्त बालबालिकालाई पठनपाठन गराउन शुरुआत पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको छौँ । भवन निकै जीर्ण छ । वर्षात्मा पानी चुहिन्छ, भित्रै सर्प, भ्यागुता हिँड्छन् ।”विद्यालयमा कक्षा १२ सम्म न्यून दृष्टियुक्त विद्यार्थीका लागि अध्ययन हुने गर्दछ । विस २०५२ सालदेखि पढाइ शुरु भएको न्यून दृष्टियुक्त व्यक्ति कक्षामा अहिले दुईजना शिक्षक कार्यरत हुनुहुन्छ । “एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ । उनीहरुमा आफैँ शारीरिक हिसाबले कमजोर हुने भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्छ ।” प्रधानाध्यापक पोख्रेलले भन्नुभयो ।

अहिले करिब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ । भित्र छिर्दा नै भत्किने डरले हतपत्त बाहिर निस्किनुपर्ने अवस्था छ, तर न्यू दृष्टियुक्त व्यक्तिले आफूहरु कस्तो भवनमा बसिरहेका छौँ, भन्ने कुराको कुनै थाहा छैन । एक न्यून दृष्टियुक्त विद्यार्थीले भन्नुभयो, “हामीले आँखा देख्दैनौँ, कस्तो भवनमा बसिरहेका छौँ, हामीलाई नै थाहा छैन ।” खाट पनि जीर्र्ण अवस्थामा छन् । काम चलाउन मात्रै ती खाट राखिएका छन् । विद्यार्थी सुतिरहेको अवस्थामा कतिबेला भाँचिन्छन्, भन्ने त्रास छ ।बालबालिकाका लागि कम्प्युटर छैनन् । पटक–पटक आफूहरुले प्रयोग गर्ने खालका कम्प्युटर ल्याइदिन उनीहरुले माग गरिरहेका छन् । “विद्यार्थीले कम्प्युटरको माग गरिरहेका छन्”, उहाँले भन्नुभयो, “तर कम्प्युटर ल्याउन सकिएको छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वकालमा बेपत्ता १ हजार २४८ नागरिक अझै बेपत्ता

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu