ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्वकालमा बेपत्ता १ हजार २४८ नागरिक अझै बेपत्ता


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १ : ०५   बजे

बागलुङ । सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको सम्झनामा आइतबार बागलुङमा बेपत्ता दिवस मनाइएको छ। द्वन्द्वपीडित समाज बागलुङको आयोजनामा साँझ दीप प्रज्वलन तथा प्रवचन कार्यक्रम गरी बेपत्ता नागरिकको सम्झना गरिएको हो। कार्यक्रममा द्वन्द्वपीडित समाजका केन्द्रीय उपाध्यक्ष बद्रीबहादुर केसीले राज्य उत्तरदायी नभएसम्म बेपत्ता नागरिकका परिवारको समस्या समाधान हुन नसक्ने बताए। उनले बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न, पीडितको यथार्थ तथ्यांक राख्न तथा द्वन्द्वमा राज्य वा विद्रोही पक्षमा संलग्न नभए पनि पीडित बनेकाहरूलाई सम्बोधन गर्न सरकारसँग माग गरे। एड्भोकेसी फोरमका अनुसार सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका १ हजार २४८ जना नागरिक अझै फेला परेका छैनन्। उनीहरूका परिवारजन वर्षौंदेखि आफन्त फर्किने आशामा बसिरहेका छन्। कार्यक्रममा अधिवक्ता राम शर्मा, नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष राजेन्द्र आचार्यसहित अधिकारकर्मी तथा द्वन्द्वपीडित परिवारका सदस्यहरूको सहभागिता थियो। हरेक वर्ष अगस्ट ३० लाई अन्तर्राष्ट्रिय बेपत्ता दिवसका रूपमा मनाउने गरिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

भोटेकोसी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

सम्बन्धित

ऊर्जा मन्त्री श्रेष्ठ आज भोटेकोसी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षणमा जाँदै

भोटेकोशी बाढी : बागलुङका १६ जना सम्पर्कविहीन, खोजीका लागि रसुवा पुग्दै स्थानीय टोली

चितवनमा राहत सामग्री संकलन कक्ष स्थापना

पोखरामा पाल्पाको ५०० वर्ष पुरानो ऐतिहासिक लाखे नाच प्रदर्शन

भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये ८७ शवको पहिचान हुन बाँकी

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu