काठमाडौं । भोटेकोसी बाढीबाट उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा ब्रिफिङ लिइरहेका छन्। सोमबार बिहानैदेखि प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग बाढीपछिको खोज, उद्धार, राहत तथा व्यवस्थापनबारे जानकारी लिइरहेका हुन्। केहीबेरअघि उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबाट ब्रिफिङ लिएका छन्। प्रधानसेनापति सिग्देलले हालसम्म भएका खोज तथा उद्धार, राहत वितरण र प्रभावित क्षेत्रमा गरिएको व्यवस्थापनका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिने तयारी गरेका छन्। त्यसलगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि बाढीपछिको अवस्था र उद्धार अभियानबारे जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। उपलब्ध पछिल्लो विवरणअनुसार बाढीमा परी ९०३ जनाको मृत्यु भएको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्