ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३२ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अपराधी पक्राउ


admin
७ पुस २०७६, सोमबार   ८ : ०२   बजे

सिरहा ७ पुस ७ । हत्या भएको ३२ वर्षपछि एकजना अपराधी सिरहा प्रहरीले पक्राउ गरेको हो । २०४४ सालमा सिरहामा हत्याका घटनाका अभियुक्तलाई अदालतले दोषी ठहर गरेको १६ वर्षपछि पक्राउ परेका हुन् ।

पक्राउ पर्ने ६८ वर्षीय वृद्ध हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने सिरहा नगरपालिका वडा नं २० का ६८ वर्षिय हिरवा सहनी रहेका छन् । सहनी दुईवटा कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर गरिएका हुन् । कर्तव्य ज्यानको एउटा मुद्दामा सहनीलाई अदालतले १० वर्ष र अर्कोमा २० वर्षको सजाय तोकेको छ ।

सहनीलाई सिरहा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए । २०४४ साल पुस १३ गते सिरहाको कृष्णपुर गाविसमा रामनाथ यादब र रामचन्द्र यादबलाई गोली हानि हत्या गरिएको थियो । उक्त घटनामा यादबद्वयका बुवाले किटानी जाहेरी दिएका थिए । जिल्ला अदालत सिरहाले २०६० साल माघ २८ गते प्रतिवादी हिरवा सहनीलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।

पुस १७ गते नै सहनीले सन्हैठा गाविस वडा नं २ बस्ने एक पाँच महिने शिशुलाई हत्या गरेको अभियोग लाग्यो र उक्र घटनामा पनि अदालतले सहनीलाई दोषी ठहर गर्दै २०६० माघ २८ गते २० वर्ष कैदको सजाय सुनायो ।एसपी चतुर्बेदीले अदालतको फैसला बमोजिम ६८ वर्षीय सहनीले ३० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group