ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीकोटमा प्राबिधिक मुल्याङ्कन बिना नै बिल भर्पाइ बनाइ पेश्की फर्स्यौट


admin
७ पुस २०७६, सोमबार   ८ : ३०   बजे

कालीकोट,७ पुस । कालीकोट जिल्ला जिल्लामा कर्मचारी र ठेकेदारको चाहना अनुसारका ग्रामिण सडक बन्नुले व्यापकरुपमा आर्थीक अनियमित्ता बढेको छ । बिना योजनाका बिना प्राबिधिक बिना डजाइन बिना इस्टामेट आफुखुशि बाटो काट्ने दर रेट निर्धारण गर्ने अनुमानित क्वानटिटी निकाल्ने प्राबिधिक मुल्याङ्कन बिना नै बिल भर्पाइ बनाइ पेश्की फर्स्यौट गर्ने गरेको पाइएको छ । कुनै निर्माण कम्पनीको नाममा दर्ता भएका निर्माण सामाग्री  डोजर स्काभेटर ट्रिपर ट्रयाक्टर  भाडामा लिने र सकिन्छ स्थानिय प्रतिनिधी रिझाउने र काम लिने सकिदैन कर्मचारी रिझाउने र काम लिने कमिशन बेशमा काम गर्ने उतातिर निर्माण व्यावसायीहरुसँग कमीसन लिने स्थानिय निकाय सँग कमिशन लिने बिचौलियाहरुको बिगबिगी छ ।

यस्तै कार्यहरुको ज्वलन्त उदाहरण यहाँ प्रस्तुत छ । मिती २०७५साल पुस महिनाको ११ गतेका दिन पिली चियानेमेला पाँखा जाने सडक उपभोक्ता समिति मार्फत काम लिइ निर्माण व्यावसायी महाबै गाउपालीका बडा नं ३ निवासी मनराज शाहीको डोजरले काम गर्ने क्रममा खाडाचक्र नगर पालीका वडा नं ७ का गोर्ख बहादुर मल्लको घरमा दिउसो सडकबाट ढुंङ्गा आइ भत्काएको र उक्त घरमा भएका कोइलर जातका ५०० चल्ला समेत मरेको । बिषयलाइ लिएर नगरपालीका मा उजुरी गर्दा नगर पालीकाबाट नगर पालीकाका उपमेयर बिजया बिष्टको नेतृत्वमा न्यायीक सिमितका सदस्यहरु स्थानीय बडा नं ७ का वडाध्यक्षको रोहबरमा अनुगमन गरी क्षेतीको भएको एकी न गरी दुइ लाख २० हजार रुपैया बरावरको क्षतिपुर्ती निर्माण ब्यावसायी मनराज शाहीले तिर्नु पर्ने एकीन भए बमोजिम ठेकेदार मनराज शाहीले मेरो बिल भुक्तानी भएपछी दीन्छु भनी मनजुर भएको पिडित गोर्ख बहादुर मल्ल बताउनुहुन्छ।

दुर्घटनाहुने बेलामा तपाइको काम नभएसम्म मेरो मेसीन चल्न नदिनु क्षतिपुर्ती दिएमात्र मेसिन चल्न दिनुहोला भनेको र आज नगर पालीकाबाट बिलभुक्तानी लिन खोजेको थाहा पाएर फोन गर्दा जहाँ गएर जे गर्न सक्छस गर अदालत र जिल्ला प्रहरी कार्यालय मा गएर मुद्दा गर भनेर आफुलाइ पनि धम्की दिएको स्थानिय बडाध्यक्ष रज बहादुर मल्लले बताउनु भयो ।घटना भएको एक वर्ष सम्म पनी समाधान नभए पछी पिडितले भेटघाटको बेलामा मौखिक निबेदनको आधारमा मैले धेरै चोटी छल्फल गर्न बोलाए तर मलाइ समेत अटेर गरी ठेकेदार छलफल गर्न नआएको कुरा खाडाचक्र नगर पालीकाका उपमेयर बिजया बिष्टले जानकारी गराउनु भयो ।

कुनै पनी तरिकाले पिडितले राहत नपाए पछि नगर पालीकामा प्रमुख प्रशासकिय अधिकृतलाइ सम्बोधन गरी निज निर्माण व्यावसायी ले पाउने गरी उपभोक्ता समितिको नाममा पाउने रकम रोक्का गरीदिनहुन भनी दुइ पटक सम्म निबेदन दिदा पनी उपभोक्ता समितीको नाममा चेक काटी निर्माण व्यावसायीलाइ दिएको कुरा थाहा भएपछी निर्माण ब्यावसायी नगरपालीकाका लेखापाल र कार्याकारी प्रमुख प्रशासकिय अधिकृतले समेत पिडीत को निबेदन माथी कुनै सुनुवाइ नगरी उल्टै निर्माण ब्यावसायी लाइ रकम भुक्तानी गरेकोहुदाँ यीनीहरुको मिलेमतो भएको पिडितको दावी छ ।

उता निर्माण व्यावसायी भने मैले नगर पालीकामा गरेको कामको मुल्याङ्कन असी लाखको हो तर नगार पालीकाले मलाइ जम्मा बाइस लाख मात्र भुक्तानी दिएको ले मैले क्षतिपुर्ती दिन नसकेने जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group