ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधानमन्त्री महरा स्वदेश फिर्ता


admin
२० असार २०७४, मंगलबार   ६ : ४१   बजे
mahara

काठमाडौँ, २० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ ।

छिमेकी मुलुक भारतको औपचारिक भ्रमण सकेर आज नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मेरो भारत भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ तुल्याउन मद्दत पुगेको छ ।”

उपप्रधानमन्त्री महराले यो भ्रमणले दुई मुलुकबीच आर्थिक–सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवम् सहमतिलगायत हाल चालु परियोजनाको समयबद्ध रुपमा सफल कार्यान्वयन गर्न तथा सहयोगका नयाँ क्षेत्रको पहिचान गर्नेतर्फ महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मैत्रीपूर्ण निमन्त्रणमा यही असार १९ देखि २० गतेसम्म परराष्ट्रमन्त्री महराले भारत भ्रमण गर्नुभएको हो ।

भारतीय विदेशमन्त्री स्वराजसँग भएको भेटबारे जानकारी दिँदै उहाँले नेपाल–भारतसम्बन्धका सबै पक्ष र विषयमा विचार आदान प्रदान भएको बताउनुभयो ।

परराष्ट्रमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको मिति आपसी छलफलबाट तोकिने जानकारी दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को शिखर सम्मेलन गर्ने विषयमा भारत सकारात्मक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई मुलुकबीच उच्च तहमा भएका भ्रमणको आदान–प्रदानले आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको आफूलाई महसुस भएको छ ।”

परराष्ट्रमन्त्री महराले भ्रमणले भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास–परियोजना कार्यान्वयनलाई थप गति दिने, व्यापार–असन्तुलनलाई कम गर्ने, नेपालको निर्यात बढाउने लगायतका आपसी विश्वास तथा मैत्री सम्बन्धलाई प्रगाढ पार्न सहयोग पुगेको बताउनुभयो ।

भ्रमणका क्रममा नेपालका लागि सहप्रमाणीकृत नियोग प्रमुखसँग भएको अन्तरक्रियाबाट मुलुकको शान्ति तथा विकास प्रयासमा सबैको सद्भाव हासिल हुने विश्वास लिएको छु उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री महराले गैरआवासीय राजदूतसँगको बैठकमा आफूले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपालको उम्मेदवारीका साथै मानव अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिका विषयमा जानकारी गराएको बताउनुभयो ।

उक्त बैठकमा ३७ राष्ट्रका गैरआवासीय नियोग प्रमुखहरुको सहभागिता थियो । मन्त्री महराका अनुसार ती सबै नियोग प्रमुखले नेपालप्रति सद्भाव दर्शाउनाका साथै विगत ११ वर्षदेखि भएको सामाजिक–राजनीतिक रुपान्तरणप्रति चासो लिनुभएको थियो ।

उहाँले बैठकमार्फत आफूले नेपालको परराष्ट्र नीतिको दिशा र अभीष्टबारे अवगत गराउनुका साथै सबैको सद्भाव हासिल गर्न प्रयास गरेको बताउनुभयो ।

नेपालको सामाजिक–राजनीतिक रुपान्तरणमा सबै मुलुकले चासो र उत्सुकता देखाएको छ, मन्त्री महराले भन्नुभयो, “ती सबै मुलुकसँगको सम्बन्धलाई हामीले उच्च महत्व दिइआएका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu