ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारसँग रोजगारी माग्दै मुक्तकमैया


admin
३० कार्तिक २०७४, बिहिबार   १ : ३१   बजे

कञ्चनपुर, ३० कात्तिक । बेलौरी नगरपालिका–५ सोभाताल मुक्तकमैया शिविरका सीताराम चौधरीले तरकारी खेतीका लागि अनुदान रकम र जग्गाको व्यवस्था गरिदिने उम्मेदवारलाई मतदान गर्ने सोच बनाउनुभएको छ ।

तरकारी खेतीका लागि आवश्यक पर्ने मलखाद, उन्नत बीउबिजन, कीटनाशक औषधी, पोषक तत्व र सिँचाइ गर्न बोरिङ जडानका लागि अनुदान रकम उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्न उहाँ आतुर देखिनुभएको छ ।

सरकारले पुनःस्थापना हुँदा उपलब्ध गराएको पाँच कट्ठा जग्गामा बाह्रै महिना तरकारी खेती गर्दै आउनुभएका चौधरी थोरै जग्गामा उत्पादन गरेको तरकारीले घरपरिवारको खर्च चलाउन मात्र ठिक्क हुने भएकाले अनुदान रकम उपलब्ध भए अझै बढी जग्गा भाडामा लिएर तरकारी खेतीलाई विस्तार गर्ने बताउनुहुन्छ ।

“बस्तीमा अहिलेसम्म उम्मेदवार पुग्नुभएको छैन,” उहाँले भन्नुभयो, “मत माग्न आउनेलाई अनुदान र जग्गा भाडामा लिन सहयोग माग्ने सोच बनाएको छु ।”

आफूहरु पुनःस्थापित हँुदा पाएको जग्गाको लालपूर्जा बैंकमा राखेर ऋण निकाल्न खोज्दा बैंकले नमानेको मुक्तकमैया रुपानी चौधरीले बताउनुभयो । तरकारी खेतीका लागि थप रकम जुटाउन नसक्दा घरमा भएको जनशक्तिलाई दैनिक रु ३०० पाउने गरी मजदुरीमा पठाउनु परेको उहाँको भनाइ छ ।

थोरै जग्गामा तरकारी उत्पादन गरी यहाँका मुक्तकमैया परिवारले वार्षिक रु ७० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । सरकारले मुक्तकमैया परिवारलाई पुनःस्थापन गरी घरबासका लागि जग्गाको व्यवस्था गरे पनि रोजगारीको माध्यम नहुँदा टाढाको बजारमा मजदुरीका लागि जानु पर्ने बाध्यता छ ।

धेर थोर तरकारी बिक्री गरी कमाएको पैसाबाट छोराछोरीलाई पढाउन भ्याए पनि मुक्तकमैयाका युवा बेरोजगारै बस्नु परेको छ । रोजगारीमा प्रवेश गर्ने अवसर सिर्जना गर्नका लागि प्रतिबद्धता गरी विश्वास दिलाउने उम्मेदवारलाई भोट दिने मोतीकला चौधरी बताउनुहुन्छ ।

तरकारी खेतीका लागि अनुदानको व्यवस्था, ऋणका लागि बैंकमा लालपूर्जा राख्न पाउने वातावरण सिर्जना गर्ने र युवालाई सरकारी नोकरीमा प्रवेशका लागि कार्य गर्न प्रतिबद्धता गरी कार्यान्वयन गर्ने उम्मेदवार नै मुक्तकमैयाको रोजाइमा पर्ने निश्चित भएको लालबहादुर चौधरीले बताउनुभयो ।

“धेरैजनाले घर निर्माणका लागि काठ नपाउँदा झुपडीमा बस्नुपरेको छ, आवासको व्यवस्था मिलाइदिन प्रचारका लागि पुग्ने उम्मेदवारसँग माग गरेका छौँे,” उहाँले भन्नुभयो । मीठो सपना बाँडेर मत माग्ने उम्मेदवारबारे बुझ्दै गएकाले सक्षमलाई मात्रै यसपटक एकमुष्टरुपमा मत दिने बस्तीमा छलफल गरी निधो गरिएको चौधरीले बताउनुभयो ।

बाह्रै महिना तरकारी खेतीमा संलग्न १९ परिवार मुक्तकमैयाले करेला, बन्दागोभी, काउली, खुर्सानी, काँक्रा, गोलभेँडा, लौका, भिन्डी, फर्सी र तरभुजाको मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । अरुको मुख ताक्ने विगतको परिपाटी अन्त्य गर्दै आफैँ स्वावलम्बी बनेर आफ्नै पौरखले यहाँका मुक्तकमैया परिवार अगाडि बढ्दै आएका छन् । उत्पादित तरकारीले बजार नपाउँदा मुक्तकमैया परिवारले सास्ती खेप्दै आएका छन् । बस्तीमा ६०० परिवार मुक्तकमैयाको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group