ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने गिरीको बयान शुरु,(७ देखि १० वर्षसम्म कैद सजाय)


एबीसी न्यूज
१२ पुस २०७६, शनिबार   ८ : ३३   बजे


इनरुवा, १२ पुस ।  जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान शुरु भएको हो ।

सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया शुरु भएको हो । सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४को दफा २१९ को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ ।

अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूिर्त शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ ।

अभियोग प्रमाणित भए उहाँलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३(ङ) अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।

सिद्धबाबामाथि अदालती प्रक्रिया शुरु भएसँगै समर्थक र विरोधीहरूले शुक्रबार जिल्ला अदालत सुनसरी अगाडि प्रदर्शन गरेका छन् । अनुयायी महिलामाथि बलात्कारको मुद्दा खेपिरहेका उहाँको अदालती प्रक्रिया शुरु भएसँगै उहाँका समर्थक र विरोधीबीच जिल्ला अदालत सुनसरी अगाडि विरोध प्रदर्शन भएको हो ।

स्वतःस्र्फूतरूपमा सयौँको सङ्ख्यामा आएका महिला अधिकारकर्मीसहितका महिलाहरुले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि सिद्धबाबामाथि कारबाहीको माग गरेका हुन् । उनीहरुले सिद्धबाबालाई कारवाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, ढोँगी बाबा चाहिँदैनलगायतका नारा लगाएका थिए ।

यता सिद्धबाबाका समर्थकहरुले अदालतअगाडि भेला भएर उहाँको जय जयकार गर्नुका साथै भजन कीर्तन र हनुमान चालिसालगायतका पाठ गर्दै रिहाइको कामना गरेका छन् ।

थुनछेक बहसका लागि न्यायाधीशहरु बीचमा गोला हानिएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया अघि बढेको हो । उहाँको मुद्दा गोला प्रथामार्फत सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको छ ।

यसैबीच सिद्धबाबाको समाचार सङ्कलनका लागि गएका पत्रकारहरुलाई अदालत परिसर छिर्न रोक लगाइएको छ । सिद्धबाबाको विषयमा समाचार सङ्कलनका लागि गएका सुनसरीका पत्रकारहरुलाई मूलगेटबाट भित्र प्रवेशमा रोक लगाइएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले बताउनुभयो ।

यता जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले पत्रकारलाई आफूहरुले सूचनाको हकबाट वञ्चित नगरेको बताउनुभयो । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरेर पत्रकारहरुलाई भित्र प्रवेशमा रोक लगाइएको भन्दै उहाँँले पत्रकारहरुलाई सूचनाको हकबाट वञ्चित गर्नु आफूहरुको उद्देश्य नभएको बताउनुभयो । सिद्धबाबाको विषयमा बयान सकिएपछि सम्पूर्ण पत्रकारलाई बोलाएर जानकारी गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu