ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मागपत्र युग’को अन्त्य : मन्त्री बाँस्कोटा


एबीसी न्यूज
१३ पुस २०७६, आइतबार   ८ : ३२   बजे


काठमाडौं, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा०द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा शनिबार उहाँले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।” मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर जिल्ला शिक्षा कार्यालय मागपत्र बोकेर धाउने युगको अन्त्य भएको बताउनुभयो । उहाँले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राख्नुभयो । “जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ”, उहाँको जिकिर थियो ।

मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहो¥याउनुभयो । “विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन”, उहाँले भन्नुभयो । सरकारको लक्ष्य देश विकास–समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पु¥याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनभयो । उहाँले भन्नुभयो, “स्वाधीन अर्थतन्त्रबिना खुशी ल्याउन सकिन्न, हरेक विकासलाई उत्पादनसँग जोडेर सरकार अघि बढिरहेको छ ।” सन् २०२२ सम्म प्रत्येकका घरमा आधारभूत खानेपानी, सुरक्षित बस्ती विकास, रोजगारीको सिर्जना गरिने उल्लेख गदै उहाँले फलामखानी खुल्ने प्रक्रियामा रहेको, फलाममा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सन् २०३० सम्म प्रत्येक नागरिकले वार्षिक १२ हजार ५०० सय डलर आम्दानी गर्ने जिकिर गर्नुभयो । “सरकारले व्यक्तिको आम्दानी बढाउने योजना ल्याउँदैछ, असल, शिक्षित, देशभक्त नागरिक र उत्पादनका सम्पूर्ण क्षेत्र सबल बनाउँदै लगिनेछ”, उहाँले भन्नुभयो । शिक्षाको लगानी १० वर्षपछि प्राप्त हुने भएकाले विद्यालयको ‘जग’देखि नै देशले खोजेको जनशक्ति उत्पादनलाई मजबुत बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ३ प्रदेशसभा सदस्य चन्द्र लामा, वडाध्यक्ष सिर्दास लामा, राप्रपा जिल्लाध्यक्ष टुल्कु लामा, नेपाली काँग्रेसका नेता गणेश लामालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० प्रमुख द्वारिका पोखरेलले पुनःनिर्माण प्राधिकरणको चौथो स्थापना दिवसका अवसरमा रु ७० लाखको लागतमा विद्यालयको दुईतले चारकोठाको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu