ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी


एबीसी न्यूज
१३ पुस २०७६, आइतबार   ९ : १४   बजे


सिमकोट, १३ पुस । हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा बढी समस्या बनाएको छ ।

विसं २०७० मा साविक जिल्ला विकास समितिबाट रु पाँच लाखको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा पुनः भत्किएको छ । काठेपुल भत्किँदा ठेहे, दोजाम, ताक्ला, बाम्टा गाउँका स्थानीयवासीलाई आवतजावतमा बढी प्रभावित बनाएको छ । जीर्ण अवस्थामा रहेको काठेपुलमा आवतजावत गर्दै आएका यहाँका स्थानीयवासी अहिले सोही पुल भत्किँदा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका–१ निवासी देबन बोहराले बताउनुभयो ।

हेल्दुमखोलाको बाटो भएर वडा नं १ र २ का स्थानीयवासीलगायत अन्य सर्वसाधरणले आवतजावत गर्ने पुल नै भत्किँदा यहाँको स्थानीय सरकारले कुनै चासो नदिएको बोहराले बताउनुभयो । काठेपुल भत्किँदा ठेहे र दोजामका स्थानीयवासी बढी प्रभावित भएका छन् । उक्त नदीमा पुल नहुँदा दैनिक सदरमुकाम सिमकोटमा पुगेर उपभोग्य सामान खरीददेखि प्रशासनिक कामका लागि आवतजावत गर्नेलाई समस्या बनाएको नदी छेउमा होटल सञ्चालन गरिरहेका करण सुनारले बताउनुभयो । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको सुनारले बताउनुभयो ।

आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं १ र २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा गाउँपालिकाकोे केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group