ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय जनता पार्टी नेपाल : पार्टी एकता कि सरकार द्धिविधामा ( भिडियोसहित)


एबीसी न्यूज
१३ पुस २०७६, आइतबार   १२ : ५६   बजे

 

काठमाडौं, १३ मंसिर । समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राजपा नेपाल सरकारमा जानसक्ने चर्चा शुरु भएको छ । समाजवादीसँग राजपाले एकिकरण गर्ने विषय दुविधामा परेको छ ।

सरकारमा जानुपूर्व संविधान संशोधन लगायतको विषय संबोधन गर्ने भनि तत्कालिन नेकपा(एमाले) र तत्कालिन नेकपा माओवादीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हस्ताक्षर गरी समाजवादी पार्टीले हस्ताक्षर गरेको थियो । तर हालसम्म सरकारले संविधान संशोधनको निम्ति कुनै काम नगरेको भन्दै समाजवादी पार्टी सरकारमा बस्नुको कुनै औचित्य नभएको भन्दै पार्टी भित्र र बाहिरबाट सरकार छाड्न दबाब बढिरहेको थियो । अन्तत्ः सरकारले संविधान संशोधन नगरेको भन्दै समाजवादी सरकारबाट बाहिरियो । र प्रतिपक्षको ब्रेन्चमा पुगेको छ ।

यता, समाजवादी पार्टीले सरकार छोडे एकिकरण गर्ने तयारीमा रहेको राजपा नेपाल भने समाजवादी पार्टी बाहिरिएपछि एकिकरणको निम्ति खासै चासो देखाएको छैन । हिजो एकिकरणको निम्ति सरकार छाड्नुपर्ने सर्त राजपाले तेर्साउँदा समाजवादी सरकार छोड्न तयार भएन । आज समाजवादीले एकिकरणको निम्ति आह्वान गरिरहँदा राजपा नेपाल भने एकाएक सत्तारुढ नेकपासँग नजिकिएको छ । सत्तारुढ नेकपासँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको राजपा सरकारमा जाने तयारीमा छ । सरकारका मन्त्रीसहित उपसभामुख लिएर सरकारमा जाने छलफल भित्रभित्रै चलिरहेको छ ।

संविधान संशोधनको मुद्धामा समाजवादी भन्दा आक्रमक देखिएको राजपा समाजवादी पार्टी, सरकारले संविधान संशोधन गरेन भनेर फिर्ता हुँदा राजपा भने संविधान संशोधनकै सहमती गरेर सरकारमा जाने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । छलफल गर्नु सामान्य, स्वभाविक र राजपा सरकारमा जानु नै नहुने भन्ने नरहेको राजपा नेताहरु टिप्पणी गर्छन् । यद्यपी, समाजवादीसँग एकिकरणको बाटो खुल्लै रहेको राजपा नेपालका नेता लक्ष्मणलाल कर्ण बताउँछन् ।

मधेश आन्दोलनपछि शक्तिशाली राजनीतिक शक्तिको रुपमा उदाएको मधेशी दलहरु गुट उपगुट, पद लोलुपता र सत्तास्वार्थका कारण टुक्रा टुक्रा भए र सिद्धिए । पुनः चुनावी प्रयोजनका लागि एक भएका केही मधेशी दलको भावना, लक्ष्य, उदेश्य अझै मिलेको छैन । मधेसी दलहरु प्रति नै एक अर्कामा अविश्वास, आशंका र धोकाको श्रृंखलामा छन् । मधेश आन्दोलन र आफ्ना मुद्धालाई आफैले कमजोर बनाइरहेका छन् । एउटा सरकारमा हुँदा अर्को मधेशको मुद्धा बोक्ने, केवल सत्तामा जाने भर्याङ मात्र मुद्धालाई बनाइरहेको यथार्थ हो । नेकपा वृत्तमा उपसभामुख राजपालाई दिने चर्चा चलिरहँदा नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ उपसभामुख अर्को दललाई दिने भएपनि कसलाई दिने भन्नेमा निष्कर्षमा पुग्न नसकेको बताउँछन् ।

प्रदेश २ मा समाजवादी र राजपाको गठबन्धन सरकार छ । राजपाले संघीय सरकारमा जानेत हो भने प्रदेश २ को सरकारमा पनि नेकपा र राजपाको गठबन्धन हुनसक्छ, यसमा समाजवादी सशंकित छ । समाजवादीलाई गरेको सहमतीमा सरकारले धोका दिएकोमा राजपालाई पनि धोका हुने भन्दै समाजवादी पार्टी राजपालाई सरकारमा जान रोक्ने कसरतमा देखिन्छ ।

सरकारमा हुँदा सबै ठिक, सरकारमा नहुँदा सबै बेठिक हुने मधेशवादी दलको सत्ता स्वार्थको राजनीतिमा बदलाब आउनु जरुरी छ । साच्चैँ मुद्धाको निम्ति राजनीति गरेको हो भने त्यसमा अडिएर बस्नुपर्छ । उनिहरुको उचित मागको सहमती गरे बमोजिम माग पुरा गर्न सरकारले पनि ध्यान दिनुपर्छ खालि च्याखेदाउ थापेर बस्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu