ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७१ करोड रूपैया उखु खेती गर्ने किसानको रकम मिलका सञ्चालकले नदिएपछि काठमाडौंमा धर्ना, (भिडियोसहित)


एबीसी न्यूज
१४ पुस २०७६, सोमबार   १० : २७   बजे

काठमाडौं, १४ पुस । गुलियो उखु रोपेका सलार्हीका किसानको मन तीन वर्ष देखि अमिल्लिएको छ । नगदेवाली भनेर उखु रोपका २० हजार किसानले वर्षसदिन बितिसक्दा पनि पैसा पाउन सकेका छैनन । खेतवारीको काम छोडेर काठमाडौमा आएका उनिहरुले सरकारसंग हारगुहार गरेका छन । आफ्नो पीडा सुनाउन दुई हप्ता अघि काठमाडांै आएका उनीहरुको समस्या सुन्ने फुर्सद भने सरकालाई अहिलेसम्म मिलेको छैन ।

माइतीघर देखि सिंहदरबार १ किलोमिटरको दुरीमा हिडेर १५ मिनेटमै पुगिन्छ । सिंहदरवारबाट १५ मिनेटको दुरीमा सर्लाहीका पीडित उखु किसानहरु धर्ना दिइरहेका छन । २५/३० जनाको समुह बनाएर सर्लाहीबाट काठमाडौ आएको २ हप्ता बित्दा समेत किसानहरुको समस्याको सुनुवाई सिहदरवारले गर्न सकेको छैन । सर्लाहीको अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले तीन वर्ष अघि देखि किसानको उखुको करोडौ मुल्य नदिएपछि उखु किसानहरु आन्दोलित भएका छन् ।

खेतबारीमा काम गरेर बस्ने किसानहरु पहिलो पटक काठमाडौमा आएका छन । उनीहरु मध्ये धेरैका दाह्री फुलेका छन, हात खुट्टा समेत फुटेका छन । काठमाडौको जाडोले उनीहरु कठ्ग्रीएर भएपनि सरकारले आफनो माग सुन्छ की भनेर धर्ना दिइरहेका छन ।

काठमाडौको जाडोमा पातलो धोती र चप्पल लगाएर अन्तिम पटक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले आफुहरुलाई दिएको पीडा बिरुद्ध उत्रिएको बताउछन् किसानहरु ।

अन्नपूणका राजेश अग्रवाल र महालक्ष्मी सुगर मिलका बिरेन्द्र कोनोडियाले पैसामाग्दा उल्टै थर्काउने गरेको उनीहरुको गुसानो छ । नगदेबाली भनेर उखु खेति गरेका उनीहरु उखु कै कारण ऋणमा डुवेका छन ।

अन्नपुर्णले ५० करोड र महालक्ष्मीले २१ करोड गरी कूल ७१ करोड रूपैया उखु खेती गर्ने किसानको रकम मिलका सञ्चालकले नदिएपछि किसानको विचल्ली भएको छ । आफनो रोजीरोटीको बाटो नै बन्द हुन लागेको भन्दै सर्लाहीका किसानहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu