ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवादमार्फत पनि विश्वको ध्यानाकर्षण गर्छौं – प्रधानमन्त्री ओली


admin
१६ पुस २०७६, बुधबार   ४ : ०८   बजे

 

काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताउनुभयो ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ तथा भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो ।

प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो परिवर्तनपछि राजनीतिक असमानता अन्त्य भई सामाजिक न्याय र समानतासहितको समृद्धि बाटोमा अघि बढेको उल्लेख गर्दै हाम्रो राष्ट्रिय अभियान समृद्धिसँगै तीव्र आर्थिक वृद्धिदर हो भन्नुभयो । उहाँले पर्यटनमार्फत अर्थतन्त्र र कूल गार्हस्थ्य उत्पादनमा तीव्र वृद्धि गर्न चाहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सानो समूह गरिबी र पछौटेपनबाट जकडिएको र त्यसलाई माथि उकास्नका लागि पर्यटन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले नेपाली समाजको आधारभूत चरित्र अतिथि देवो भवः अर्थात अतिथिलाई भगवान सरह आदर सत्कार गर्ने चरित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः हो । पर्यटक पाहुनाका निम्ति यहाँको समाज असल र सहयोग छ ।”उहाँले पछिल्लो समय जलवायु परिवर्तनले हिमालको सौन्दर्य बिग्रिएको र यसबारे विश्वको ध्यान केन्द्रित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण विश्वकै चुनौती भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “ सगरमाथा संवादमार्फत पनि विश्वको ध्यानाकर्षण गर्छौं, भ्रमण वर्ष पर्यटन र पर्यटकका लागि मात्र हैन यो मार्फत जलवायु परिवर्तनबारे विश्वलाई ध्यानाकर्षण गराउँछौँ ।” कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रकृति, संस्कृति र साहसिक गतिविधि नेपाली पर्यटनको विशेषता रहेको भन्दै भ्रमण वर्षले नेपाललाई विश्वसामु पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu