ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० हजार घरभाडा बुझेर ५ हजारको बिवरण बुझाउंछन् : नगर प्रमुख घिमीरे


sharan sharan
२० पुस २०७६, आइतबार   ३ : ३९   बजे

बुटवल, २० पुस ।
स्थानीय सरकारको कार्यान्वयनमा नेपालमै पहिलो स्थानीय कानुन बनाउने नगर बन्न सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यकालको मध्यावधि समिक्षा गरेको छ । आज नगरपालिकाले पत्रकार सम्मेलन गर्दै आफ्नो मध्यावधि समिक्षा सार्वजानिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमीरेले २ दशक जन प्रतिनिधी बिहीन स्थानीय तहमा आफुहरु निर्वाचित भएपछि नगरबासीको परिवर्तन पछिको तिब्र चाहनालाई पुरा गर्न सकेको दाबी गर्नुभयो । उहांले स्थानीय कानुन बनाउने पहिलो नगर तिलोत्तमा भएको बताउंदै स्थानीय सरकारको कामलाई पारदर्शी बनाउन ५० बढी कानुनको तर्जुमा गरिसकेको जानकारी दिनुभयो ।
नगरपालिकाले सार्वजानीक गरेको समीक्षामा शिक्षा क्षेत्रमा नगरका सबै सामुदायी बिद्यालयहरुमा १ देखि ५ कक्षा सम्म्का बिद्यार्थीलाई खाजाको ब्यवस्था , सबै बिद्यालयहरुको समान रङ्ग, शिक्षक अनुदान, सवारी सधानमा अनुदान , छात्राहरुलाई निशुल्क सेनटरी प्याडको ब्यवस्था गरेको उल्लेख गरेको छ । नगरपालिकाले भौतीक पुर्वाधारमा जेष्ठनागरिक मिलन केन्द्र, बनबाटिकामा भ्यु टावर, ३६ कलिोमिटर सडक कालोपत्रे, १ सय ४६ किलोमिटर सडकमा ग्राभेल तथा १२ सय ७० बिद्युतको नयां पोल बितरण गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा सुत्केरीलाई अस्पताल सम्म पुग्न निशुल्क एम्बुलेन्स, सबै स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला स्थापना भएको तथा कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा संचालन गरिएको समिक्षा प्रतिबेदनमा लेखिएको छ । कृषिमा वडाहरुलाई पकेट जोनकारुपमा बिकास गरि अनुदान बितरण गरि उत्पादन बढाउने निती नगरपालिकाले लिएको छ ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै नगर प्रमुख घिमीरेले नगरमा झुटो बिबरण दिएर घरभाडा कर बुझाईएको बताउनु भयो । ५० हजार घरभाडा बुझ्ने घरधनीले ३ देखि ५ हजार घरभाडा बुझेको बिवरण बुझाएर कर तिर्ने गरेको प्रमुख घिमीरेको आरोप छ । उहांले नगरमा घरभाडालाई ब्यवस्थित बनाउन नसकिएको स्विकार गर्दै आगामी दिनमा ब्यवस्थित गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नगरपालीकाले प्रदेशको राजधानीलाई मध्यनजर गर्दै तिलोत्तमामा अन्तरराष्ट्रिय स्तरको बस टर्मिनल तथा औद्योगिक ग्रामको योजनालाई अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group