ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुचना प्रविधि विधेयक : समितीबाट पास भएर संसदमा पुग्दासम्म विरोध (भिडियोसहित)


admin
२३ पुस २०७६, बुधबार   २ : ०२   बजे

काठमाडौं, २३ पुस  । नेपाली कांग्रेसको फरक मतबीच प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएपछि विधेयकको पक्ष र विपक्षमा आम जनमत बाझिएको छ । एकातिर, विधेयकले अभिव्यक्ति स्वतन्त्रता र संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक हक समेत कुण्ठित गरेको भन्दै बिरोधका स्वर सुनिएका छन् भने अर्कातिर सुचना, प्रविधिको क्षेत्रलाई विधेयकले व्यवस्थित गर्ने बताइएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पौष १३ गते बहुमतले पारित गर्यो । समितिले नेपाली कांग्रेसको असहमतीकाबीच विधेयक बहुमतले पारित गरेको हो । नेपाली कांग्रेसले विधेयकले संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठित गरेको भन्दै विधेयकको विरोध गरेको थियो । कांग्रेसको नोट अफ डिसेन्ट कायमै छ । सडक र सदनमा व्यापक रुपले उठेको, सडक सदनमा जता बोल्दा पनि नछुट्ने यो चर्चित विधेयकले व्यवस्था गरेको प्रावधानको विषयमा बौद्धिक जगतमा पनि पक्ष विपक्षमा मत जाहेर भएको छ । पत्रकारिता र सञ्चारकर्मसँग जोडिएका कतिपय सरोकारवालाले विधेयकको विरोध गरेका छन् । अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्ने भन्दै विरोध भएको छ । तर केही संशोधनका साथ समितीबाट पास भएको छ । खासगरी सामाजिक सञ्जालमा जथाभावी लेखे ५ वर्ष कैद र १५ लाख सम्मको जरिवाना हुने, सामाजिक सञ्जाल कम्पनी नेपालमा दर्ता हुनुपर्ने लगायतका विषयमा बढी नै आलोचना छ । उक्त सजाय सरकारले गठन गर्ने सूचना प्रविधि अदालतले तोक्ने व्यवस्थाको पनि विरोध भएको छ ।

विधेयकको विरोधमा मात्र होइन समर्थनको आवाज पनि उत्तिकै बलियो रहेको छ । ठिक र बेठिकको तराजुमा व्याख्याकर्ताहरुले राखिरहेका छन् । सत्तारुढ दल र प्रतिपक्षी दलविच मात्रै होइन, संसद बाहिरका आम नागरिक र सरोकारवाला पनि विभक्त भएका छन् । सत्तारुढ दलका सांसदले भने सुचना प्रविधि विधेयकले सुचना र सञ्चारको क्षेत्र अझ व्यवस्थित हुने बताइरहेका छन् । विधेयकका प्रावधानहरुले सञ्चार तथा सुचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्ने कतिपय विज्ञहरु बताउँछन् ।

यद्यपी, पर्याप्त छलफल अझै जरुरी रहेको उनीहरु बताउंछन् । विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ । राज्यविरुद्ध अपराध गर्नेलाई पाँच वर्ष कैद, ५० हजार जरिवानादेखि जन्मकैदसम्मको व्यवस्था पनि गरिएको छ । ठूलो विरोध यसैमा छ । सामाजिक सञ्जाल फेसबुक, गुगल लगायतका कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ । सरकारले भने विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्ने र सामाजिक सञ्जाल प्रयोगमा बढिरहेको विकृति विसंगतिलाई निरुत्साहित गर्न नै विधेयक ल्याएको बताएको छ ।

लामो समयदेखि समितीमा छलफल चलिरहेको विधेयक समितिबाट पारित त भयो तर सरकारले पहिलो ड्राफ्ट ल्याउँदा जति विरोध भएको थियो समितीबाट पास भएर संसदमा पुग्दासम्म उति नै विरोध भइरहेको छ । यसको पक्ष र विपक्षको मत हेर्दा कि त विधेयक त्रुटीपूर्ण छ कि त सरकारले बुझाउन सकिरहेको छैन भन्ने देखिन्छ । त्यसो त आम पत्रकारिता, सुचना, सञ्चार र सामाजिक सञ्जाललाई व्यवस्थित गराउनु अहिलेको मुख्य चुनौती हुँदै गएको कुरालाई पनि नकार्न मिल्दैन । सहि नियत साथ भएको हो भने विधेयकको प्रावधानलाई सहि मान्नुपर्छ । गलत प्रयोग होला भनेर डराएर विधि नै नबनाउने भन्ने कुरा रहेन । यद्यपी, संसदबाट पास हुनुअघि यस विधेयकलाई अझै गम्भिरतापूर्वक अध्ययन गरेर अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu