ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति अन्त्य गरिने


admin
२६ पुस २०७६, शनिबार   ८ : २६   बजे

काठमाडौं, २६ पुस । नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आज यहाँ आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमालाई शान्त, सुन्दर बनाउन यहाँको शान्ति सुरक्षालाई व्यवस्थित बनाउनु जरुरी रहेको बताउनुभयो । “नयाँ बसपार्कभित्र देखिएको विकृति विसङ्गति अन्त्यका लागि सुरक्षा योजना बनाएर आजैदेखि थप प्रहरी परिचालन गछौँ”, उहाँले भन्नुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउनुभयो । समाजमा हुने बेविचार, दूराचार र भ्रष्ट्राचार अन्त्य गरेमात्र मुलुकको विकास हुने उहाँको भनाइ थियो ।काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमण वर्षमा आउने विदेशी पाहुनालाई नयाँ बसपार्कमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । “बसपार्क शान्त, सुन्दर र अपराधमुक्त भएमात्र यहाँको व्यवसायीको व्यवसाय राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोँगङ्बु क्षेत्रमा देखिएको विकृति अन्त्य प्रहरी एक्लैले गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि स्थानीय बासिन्दाको समेत सहयोगको आवश्यकता रहेको बताउनुभयो ।केन्द्रका अध्यक्ष राकेश सिंह, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, नेपाल कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्मालगायतले नयाँ बसपार्कमा हुने विकृति अन्त्यका लागि प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group