ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिर राजनीतिपछि तंग्रिदै नेपाली अर्थतन्त्र, समाजवादी नीति ,कार्यक्रम र योजनाको अभाव (भिडियोसहित)


एबीसी न्यूज
२७ पुस २०७६, आइतबार   १ : ०७   बजे

काठमाडौं, २७ पुस । स्थिर राजनीतिक वातावरणपछि मुलुकको अर्थतन्त्र बिस्तारै तंग्रिन थालेको हो । गत वर्षको आर्थिक वृद्धिदर ६.१ रहेकोमा चालु आर्थिक वर्षमा ८.१ प्रतिशत पुराउने लक्ष्य लिएको छ ।

गरिएको छ । विश्व बैकले समेत नेपालमा लगानीको वातावरण बन्दै गएकोले आर्थिक वर्ष ७६/७७ मा ७ दशमलब १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विभिन्न प्रतिवेदनको आधार मान्ने हो भनेपनि मुलुकको अर्थराजनीति बिस्तारै सङिलदै गएको छ, तर आर्थिक वृद्धिदर वृद्धिले मात्रै मानवीय विकासको अन्तिम ध्येय पुरा हुदैन । यसको लागि मुलतः समाजवादी नीति र कार्यक्रम ल्याउन सरकारले सक्नुपर्छ ।

पछिल्लो समय यता मुलुकको अर्थ राजनीतिकका सूचकहरुमा सुधार आएका बताएका छन् । स्थिर राजनीति र बलियो सरकारका कारण अर्थतन्त्रका सूचकहरुमा सुधारका छनक देखिएको हो । संघीय निर्वाचनपछि जनअपेक्षामा काम गर्न गर्न त्यत्ति सक्षम नदेखिएपनि अर्थतन्त्रका अवयवहरु चलायमान भएका छन् । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ३४ खर्बको छ । आन्तरिक तथा बाह्य लगानी बढेका छन् । यसले अर्थतन्त्रका सूचकहरुमा सुधार आएको संकेत गरेको छ ।

विकासको अन्तिम ध्येय भनेको गुणस्तरीय मानवीय जीवनमा आउने रुपान्तरण हो । नेपालीको क्रय शक्ति बढेको छ । जीवन स्तर उठेको छ । स्वास्थ्य शिक्षा जस्ता आधारभूत क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् । मुलुकको अर्थतन्त्र चलायमान भएको छ । आर्थिक वृद्धिदर गत वर्षको तुलनामा अझै बढ्ने देखिएको छ । लगानी, रोजगारी, उत्पादन र उत्पादकत्वमा पनि वृद्धि भएको सरकारी तथ्यांक बोलेका छन् ।तर, समाजवादउन्मुख मुलुकका लागि आर्थिक बृद्धिदर उत्पादन वृद्धिले मात्रै संभव हुदैन । राज्य श्रोतको पहुंचमा आम किसानको अवस्थाले निक्र्याेल गर्छ । मुलतः सबै भन्दा बढी साना किसानहरु बढी आक्रान्त छन् यतिबेला।

कृषि उपजको सही मूल्य मात्रै होइन, समयमै उखुको भुक्तानी नपाएका ताजा उदाहरणले प्रगतिशिल सरकारलाई गिज्याइरहेको छ । मल, बीउ, मूल्यमा बिचौलियाको हाबी हुनु र राजनीतिले ओत लगाउनाले कृषिमा सन्तोष मान्ने अवस्था अहिल्यै छैन ।तिनै किसान बिपन्न, सिमान्तकृतका लागि ल्याइएको संघीयता टाठाबाठाहरुको हालिमुहाली छ । संविधानले समन्वय सहकार्य र सहअस्तित्वको सिद्धान्त आत्मसाथ गरेको छ । तर, स्थानीय तहको रबैया चित्तबुझ्दो छैन । किसानमुखी स्थानीय सरकार नपुगेका दृष्तान्त काफि छन् । सर्लाहीका किसान उखुको भुक्तानी वर्षाै नपाएपछि सिंहदरबार अघि धर्ना दिनु परेको छ । यसले संघीय शासनमा ढुंगा लागेको छ ।

वर्तमान शक्तिशाली सरकारले पार्टीसग समन्वय नगरी विभिन्न विधेयक, ऐन, कानुन र सरकारी कार्यक्रम ल्याउँदा सरकारको काममा प्रभावकारीता हुन नसकेको सत्य हो । सरकार हिजोको प्रतिवद्धताबाट अलिक टाढा पुगेको छ । विचौलियाको घेराबन्दीमा बिस्तारै सरकार पर्दै गएको आम अनुभुति हुन थालेको छ ।

मुलतः कृषिमा हावि बिचौलियाको अन्त गर्दै कृषिमा आकर्षण गर्दै रोजगारीमा सरकार केन्द्रीत हुनुपर्ने हो, सरकार अलमल गरिरहेको छ । उदाहरणका लागि कृषिमा आधुनिकीकरण गर्न लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालमा पनि छ । तर, आयोजनाभित्रको चरम समस्याले सरकारी आयोजनाले हावा खाने संकेत देखिएका छन् । करोडौ अनियमितताले गिजोलिएको परियोजनाले कति किसानलाई लाभ दियो, आन्तरिक कृषिमा के परिवर्तन आयो ? गम्भीर समिक्षा गर्दै आम किसान श्रमजीवि वर्ग केन्द्रीत समाजवादी चरित्रका नीति,कार्यक्रम र योजना कार्यान्वयन गर्न हिम्मत गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu