ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख चयनको अन्योल कायमै रहेपछि प्रतिनिधिसभा बैठक निरन्तर प्रभावित (भिडियोसहित)


एबीसी न्यूज
२८ पुस २०७६, सोमबार   ११ : ५४   बजे

काठमाडौ, २८ पुस ।  पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको आइतबारको बैठक पुनः स्थगित भएको छ । बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको हो ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिदा र सभामुख चयन प्रक्रियाको निम्ति नेकपाले नखुल्दा पटक पटक संसद बैठक स्थगित भएको छ । उपसभामुखलाई राजिनामा दिएर वातावरण सहज बनाउन नेकपा र सांसदहरुले आग्रह गरेका छन् ।

उपसभामुखबाट राजीनामा दिन गरेको नेकपाको आग्रहलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेपछि आइतबारको प्रतिनिधीसभा बैठक पनि बस्न सकेन ।

प्रतिनिधी सभाको आगामी बैठकले सभामुख चयनको प्रक्रिया अगाडी बढाउने सम्भावित कार्यसुचि रहेको छ । प्राकृतिक रुपमै संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपाले सभामुख आफ्नो पार्टीको मान्छे बनाउने स्पष्ट छ । तर, उपसभामुख नेकपाकै भएको अवस्थामा संवैधानिक रुपमा नेकपाले सभामुख नपाउने पनि निश्चित छ ।

त्यसका लागि उपसभामुख तुम्बाहाम्फेले राजीनामा गरेर सम्बैधानिक जटिलता खोल्दिन नेकपाले पटक पटक आग्रह गरेको छ । तर, आफ्नै पार्टीको आग्रहलाई तुम्बाहाम्फेले अहिले आफु कुनै पार्टीमा नभएको तर्क गर्दै अस्वीकार गरिरहेकी छिन् । जसकार कारण, सिंगो संसदीय प्रक्रिया नै बन्धक बनेको छ ।

यौन दुव्र्यवहार प्रकररणमा प्रकरणमा तत्कालिन सभामुख कृष्णबहादुर महरा मुछिएपछि उनले राजीनामा दिएसंगै प्रतिनिधिसभा सभामुख विहिन छ । हो, महराले गरेको गल्तीको सजायं तुम्बाहाम्फेले पाउनै हुंदैन । तर, आफ्नै पार्टीले गरेको निर्णयलाई तुम्बाहाम्फेले निरन्तर अस्वीकार गर्दै आएकी छिन् । यदि, तुम्बाहाम्फे नै सभामुख बनिन भने पनि अबको तीन वर्ष पछि तुम्बाहाम्फेका लागि मातृ पार्टी नेकपाको निर्णय नै बाध्यकारी हो । तर, तुम्बाहाम्फेले तीन वर्षे लाभका लागि उपसभामुखको पदबाटै सभामुखमा गरेको दाबी कताकता संगती नमिलेको देखिन्छ ।

पुष ४ गतेदेखि शुरु भएको संघीय संसदको पाचौ अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको दोस्रो बैठक पुष ११ गते शुक्रबार बोलाईएको थियो । तर उक्त बैठक लगातार स्थगित हुंदै आएको छ । अर्को बैठक माघ ६ गते सोमबार बोलाइएको छ । नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने रस्साकस्सीको बीचमा तुम्बाहाम्फे तुरुपले सभामुख चयनको उल्झन झन बढ्दैछ । तर नेकपाले भने कानुनत्ः तुम्बाहाम्फेको राजिनामा आउनुअघि कसैलाई सभामुख वा उपसभामुखको लागि निर्णय गर्न नसकिने बताउँदै आएको छ ।

नेकपाभित्रको भागबन्डा र किचलोकै कारण सभामुख चयन प्रक्रिया अवरुद्ध भएको कतै छिपेको छैन । पूर्वएमाले र पूर्वमाओवादी गुटको गन्ध सभामुख चयनमा प्रष्ट संग देखिएको छ । पार्टी एकभएपनि गुट विसर्जन गर्न नसकेको पीडा यतिबेला नेकपाले भोग्दैछ । तर, उपसभामुखको राजिनामा नपाउंदा नेकपाले किंकर्तव्यविमुख बनेको छ । सभामुखको अभावमा संसद सचिवालयले गर्नुपर्ने प्रशासनिक, आर्थिक, प्राविधिक काम समेत महिनौँदेखि रोकिएका छन् ।

त्यसो त, नेकपाका सांसदहरुलाई सभामुख चयन नगरेको, संसदीय भुमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसकेको भनेर जनताले आरोपित गर्न थालिसकेका छन् । सांसदहरुले शिर्ष नेताहरुलाई भेटी बारम्बार सभामुख चयन टुंग्याएर संसद सुचारु गर्न अनुरोध गरिरहेका छन् । तर नेकपाका शिर्ष नेताहरुको हातमा मात्रै अहिले परिस्थिति छैन । हिजोसम्म पार्टी नेतृत्वलाई दबाब दिइरहेका सांसदहरु अहिले उपसभामुखलाई नै दबाब दिन थालेका छन् ।

सभामुख चयनमा देखिएको उल्झनले शक्तिशाली पार्टीको भित्रको कमजोर निर्णय कार्यान्वयन क्षमता छताछुल्ल भएको छ । जसका कारण देशको सिंगो संसदीय प्रणाली नै अविश्वसनीय बन्न पुगेको छ । यस्तो अवस्था आइलाग्नु नेकपाका लागि राजनीतिक नोक्सानी बाहेक केही देखिदैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group