ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री डाक्टर युवराज खतिवडाबाट समावेशी आर्थिक विकासमा जोड (भिडियोसहित)


एबीसी न्यूज
२९ पुस २०७६, मंगलबार   ४ : ५८   बजे

काठमाडौं, २९ पुस ।  देशमा लगानीमैत्री वातावरणको निर्माण भईरहेको उद्योग मन्त्रालयले दाबी गरिरहेको छ । लगानी, उद्योग र व्यवसायका लागि उपयुक्त वातावरण बनेस“गै यसविषयमा तीव्र रुपमा बहसहरु पनि भईरहेका छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समावेशी साझा आर्थिक विकासमा जोड दिदै साना, मझौला तथा लघु वित्त उद्योगको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयमा छलफल भएको छ । अन्तराष्ट्रिय आर्थिक विकास संगठन मेननोनाईट ईकोनमिक डेभ्लप्मेन्ट एशोसिट्स (मेडा), महिला उद्यमी संघ र समृद्धि फाउन्डेसन लगायतका संस्थाद्धारा राजधानीमा आयोजित यो छलफलले उदीयमान बजारमा निजी पू“जी प्रवाह परिचालनको विकासका लागि सकारात्मक सुझाव दिने आशा गरिएको छ । छलफलमा सहभागी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समावेशी साझा आर्थिक विकासमा जोड दिदै साना, मझौला तथा लघु वित्त उद्योगको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । सबै उद्यमहरुलाई सुधारेर लानुपर्ने अहिलेको आवश्यकता रहेको बताउदै मन्त्री खतिवडाले उद्यममा महिलाहरुको सहभागीतामा पनि जोड दिएका छन् ।

ठूला तथा मझौला भन्दा साना तथा घरेलु उद्योगमा तुलनात्मक रुपमा महिलाहरुको सहभागीता बढी देखिन्छ । यद्दपी पुरुषको दा“जोमा महिलाहरुमा अझै पनि उद्योग सञ्चालन, चुनौती व्यवस्थापन र लगानी क्ष्ँमताको विकास हुन नसकिरहेको सरोकारवालाहरु बताउ“छन् । देशको झण्डै ५१ प्रतिशत जनसंख्या ओगटेका महिला जनशक्तिको प्रतिनिधित्व उद्यमशील क्षेत्रमा सन्तोषजनक छैन । यसमा सूचना प्रविधिले पनि प्रभाव पारिरहेको उनीहरुको भनाई छ ।

त्यसो त ब्लेन्डेड् फाईनान्स अर्थात् मिश्रित वित्त नेपालको लागि नया“ विषय हो । अन्य मुलुकमा दिगो विकासको प्राप्ती, चुनौती व्यवस्थापन एवम् उद्योगमैत्री वातावरणको निर्माणका लागि यो वित्तिय प्रणालीको अभ्यास के कसरी भईरहेको छ भनेर अन्तराष्ट्रिय आर्थिक विकास संगठन मेडा जस्ता विदेशी संस्थाले नेपालमा पनि बहस चलाईरहेका छन् । यस्ता बहस एवम् कार्यक्रमले देशमा साना तथा घरेलु एवम् लघु वित्तिय क्षेत्रको वर्तमान अवस्थाको मूल्यांकन गर्दै भावी दिनमा यस क्षेत्रमा नया“ सूचना प्रविधि सहितको विकास गराउन सहयोग पुग्ने उद्यमीहरुको भनाई छ । विशेष गरी वित्तिय क्षेत्रको परिचालन र दिगो विकासमा यसले महत्वपूर्ण भूमिका राख्ने उनीहरुले बताएका छन् ।

सरकारले आर्थिक समृद्धि र विकासको मूल नारालाई आत्मसात् गरिरहेको बेला उद्योग एवम् व्यवसाय क्षेत्रमा साना ठूला उद्योगहरुमा पनि रुपान्तरण आउन आवश्यक छ । विशेषगरी यी सबै उद्योगहरुको विकासका लागि वित्तिय क्षमता र यसको अधिकतम परिचालन हुन आवश्यक छ । ठूला पू“जीपति र आम सर्वसाधारणको जीवनशैली सुधारउन्मुख उद्योगमैत्री वातावरणको निर्माण गर्न सके दिगो विकासको लक्ष्य सार्थक हुनुमा टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu