ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पनि भेटियो सार्स र मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना भाइरस


एबीसी न्यूज
३ माघ २०७६, शुक्रबार   ९ : ४०   बजे

काठमाडौं, ३ माघ  । सन २००३ मा चीनलगायत तीस देशमा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा पनि भेटिएको छ । सेन्टर फर डायनामिक नेपाल (सिएमडिएनल) सात वर्ष लगाएर गरेको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो । सो रिपोर्ट सरकारी अधिकारी र अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको छ ।

अनुसन्धानकर्ताले जटिल प्रकारको निमोनिया फैलाउने कोरोना भाइरस मानिस, चमेरो, हाँस र मुसामा देखिएको बताएका छन् । सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा। अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताउनुभयो । सार्स र मर्स श्वासप्रश्वाससम्बन्धी रोग हुन् । बास्तोलाका अनुसार उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्छ । सार्स जनावरबाट मानिसमा सर्छ । तर, नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने हो कि होइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाई छ ।

सेन्टर फर डायनामिक नेपालका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले सात वर्षमा जनावर र मानिसमा ३० हजार नमुना परीक्षण गर्दा कोरोना भाइरसको प्रजाति भेटिएको जानकारी दिनुभयो । मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने भन्दै डुब्लुएचओले सचेत गराउँदै आएको छ । चिकित्सकका अनुसार कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर पु¥याउँछ । भाइरस संक्रमणपछि ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन्छ । यसले निमोनिया तथा मिर्गौलासमेत फेल गराउन सक्छ । भाइरस संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा थुक र खकारमार्फत यो भाइरस अर्को व्यक्तिमा फैलिन्छ ।

नेपालमा सन् २०१२ देखि भएको यो अनुसन्धानले मुसाबाट मानिसमा सर्ने हान्टा भाइरससँगै १९ प्रकारका नयाँ भाइरस पनि पत्ता लगाएको छ । हान्टा भाइरसले भयावह रूप लिन सक्नेतर्फ चिकित्सकले सचेत गराएका छन् । अनुसन्धानले कुकुर–स्यालबाट रेबिज, कुखुरा र हास (चराचुरुङी) बाट बड्फ्लु (एच७ एन९), सुंगुरबाट स्वाइनफ्लु (एच१ एन१), बिरालोबाट टोक्सोप्लाज्मोसिस, मुसाबाट लेक्टोस्पाइरोसिस प्लेग, चमेरोबाट इबोला, बाख्रा र गाईबाट ग्रुचेलोसिस टिबी, रेवाबाट क्रिप्टोच्कोरिबिओसी सर्ने गरेको देखाएको छ ।

अनुसन्धानकर्ताले मानिस र जनावरबीचको दूरी नजिक भएको ठाउँमा नमुना परीक्षण गरेका थिए । काठमाडौंको बागमती किनारका सुकुमबासी बस्ती, टेकुदोभान, कलंकी, मकवानपुर, लाजिम्पाट, चितवनलगायत क्षेत्रका मानिस, मुसा, बाँदर र चमेरोमा अध्ययन गरिएको थियो । वान हेल्थको नीति अवलम्बन गर्दै जंगली जनावर, घरपालुवा जनावर र मानिसबाट संकलन गरिएको नमुना परीक्षण गरिएको संस्थाले जनाएको छ । नेपालमा यस्तो अनुसन्धान पहिलोपटक भएको सेन्टर फर डायनामिक नेपालका कार्यकारी निर्देशक दिवेश कर्मचार्यले जानकारी दिनुभयो । विश्वमै इबोला, सार्स, मर्स, निपाजस्ता रोग देखिन थालेपछि विश्वव्यापी रूपमा वान हेल्थ नीतिअनुसार अध्ययन चलिरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu