ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ४ : ०५   बजे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील मुलुकले बेहोर्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित देशहरूले दिनुपर्ने बताएका छन्।

सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले रसुवा बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले जलवायुजन्य तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको बताएका हुन्।

ओलीले विकसित मुलुकको औद्योगिकीकरण तथा उत्सर्जनका कारण जलवायु परिवर्तन तीव्र बनेको र त्यसको असर भने नेपालजस्ता मुलुकले बढी भोग्नुपरेको दाबी गरे।

“पछिल्लो समयका पर्वतीय विपद्को कुरामा मानवीय कारणले जे जति भएको छ, त्यसमा नेपालजस्ता देशहरू हामी जिम्मेवार छैनौँ। हाम्रो किञ्चित पनि जिम्मेवारी छैन, विकसित देशहरूको जिम्मेवारी छ,” ओलीले भने।

उनले जलवायु परिवर्तनका कारण प्रभावित मुलुकलाई विकसित राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए।

“विकसित देशहरूका कारण मर्कामा पर्ने हामीजस्ता मुलुकलाई उनीहरूले नै क्षतिपूर्ति दिनुपर्छ। हाम्रा कारणले वातावरण विनाश भएका छैनन्, त्यसको क्षति चाहिँ हामीले व्यहोर्नुपर्ने!” उनले भने।

जलवायु क्षतिपूर्तिको मुद्दा उठाउन आग्रह

रसुवाको भोटेकोसी बाढीपछि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरिरहेको राहत तथा सहयोगप्रति ओलीले धन्यवाद व्यक्त गरे।

उनले तत्कालीन राहत र उद्धारसँगै जलवायु परिवर्तनका कारण नेपालले बेहोरेको क्षतिको अन्तर्राष्ट्रिय क्षतिपूर्तिको विषयलाई समेत प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि हिमनदी पग्लने, हिमताल विस्फोट, बाढी, पहिरो तथा अन्य पर्वतीय विपद्को जोखिम भने बढ्दै गएको भन्दै ओलीले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई बलियो रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

रसुवा बाढी : ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

कृष्णभीरमा पहिरोपछि पृथ्वी राजमार्ग अवरुद्ध, काठमाडौं आउन चार वैकल्पिक मार्ग

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

रसुवा बाढीका बेपत्ताको खोजीमा चितवनमा सेना सक्रिय, १० शव फेला

बाढीको असर सेयर बजारमा : जलविद्युत् कम्पनी राताम्मे, नेप्से ४४ अंकले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu