ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशै भरिका सबै स्थानीय तहमा वास प्लान बनाउने खानेपानी मन्त्रालयको तयारी


एबीसी न्यूज
७ माघ २०७६, मंगलबार   ६ : ३७   बजे

विराटनगर । संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान ) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रममा  देशै भरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइयो ।

कार्यक्रममा प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईले संविधानमा उल्लेखित खानेपानी र सरसफाइमा जनताको पहुँच पु-याउने मौलिक हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा तर्फ प्रदेश सरकार अघि बढिरहेको बताउँदै तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा मात्र यो सम्भव रहेको स्पष्ट पार्नुभयो ।

“खानेपानी मन्त्रालयले ल्याएको वास प्लान एक महत्त्वपूर्ण उपलब्धि हो ।” उहाँले भन्नुभयो, “डिजिटल प्रविधिको माध्यमबाट खानेपानी र सरसफाइको बारेमा सम्पूर्ण सूचना जानकारी दिने जुन सफ्टवेयर प्रविधि मन्त्रालयले तयार ग-यो यसलाई अघि बढाउन हाम्रो पूर्ण प्रतिबद्धता छ । प्रदेश १ सरकारले प्रभावकारी ढंगले यसको कार्यान्वयन गर्नेछ ।”

कार्यक्रममा खानेपानी मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा प्रत्येक स्थानीय तहको पूर्ण आकारको गुरु योजना बनाउन मन्त्रालयले चाहिरहेको स्पष्ट पार्नुभयो । ” हामीले देशै भरिको गुरु योजना बनाउन चाहिरहेका छौं ।” उहाँले भन्नुभयो, ” ७ सय ५३ वटै स्थानीय तहको मास्टर प्लान बनाउन खोजिरहेका छौं । मास्टर प्लान तयार भैसके पछि त्यही गतिमा काम गर्नेछौं । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती छ । त्यसका लागि पनि वास प्लान चाहिएको हो ।”
धेरै योजनाहरु विकेन्द्रीत भएकाले योजनालाई केन्द्रित गरेर मन्त्रालय अघि बढ्न खोजेको मन्त्री मगरले बताउनुभयो ।

स्थानीय तहहरुबाट तर्जुमा गरिने वास प्लानहरुमा एकरूपता कायम रहोस् भन्ने उदेश्यले सो कार्यमा सहयोग तथा समन्वय गर्नका लागि वास प्लान निर्देशिका समेत  तयार गरिएको कार्यक्रममा जानकारी गराइयो । वास प्लानले देश भरिको खानेपानी र सरसफाइको अवस्था बारे सूचना तथा जानकारीहरु NWASH भन्ने वेब सफ्टवेयरको माध्यमबाट संकलन गर्ने, भू-सान्दर्भिक तथ्यांकहरुको प्रविधियुक्त नक्साङक गर्ने, सो को विश्लेषण गर्ने तथा हालसम्म खानेपानी तथा सरसफाइका सेवा र सुविधाबाट वन्चित समुदायको पहिचान गरि सो स्थान र समुदायमा सेवा प्रवाहको सुनिश्चितता, मौजुदा सेवाको पुन स्थापना तथा स्तरोन्नति सहित रणनीतिक योजना निर्माण गर्ने कार्यमा सबै स्थानीय तहहरुलाई सहजीकरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu