ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उन्नत वीउको नाममा किसान मर्कामा : सरकारसंग आत्ननिर्भर बनाउने योजना छैन (भिडियोसहित)


एबीसी न्यूज
८ माघ २०७६, बुधबार   १ : ४४   बजे

काठमाडौं, ८ माघ । कृषि प्रधान मुलुक भनिएको छ तर नेपालमा कृषिसम्वद्ध अधिकांश चिज आयात हुन्छ । आफ्नो रैथाने उत्पादनमा विश्वास गुमिसकेको छ । आयातित वस्तु उपभोगमै राज्य मस्त छ । पछिल्लो दिनमा कृषिमा आत्मनिर्भर बन्नका लागि सरकारले दाबी गरेपनि त्यसअनुसारको न त योजना छ, न त व्यवहारिक कार्यान्यनको खोजी । कृषि उपजको प्रारम्भिक अवस्था बीउमै परनिर्भर बनेपछि उत्पादन राम्रो कसरी हुन्छ ? बाहिरि मुलुकबाट आयात गरिएको बीउबाट बेला बेलामा किसानले मार खाइरहेका छन् ।

नेपाल कृषि प्रधान देश, तर विडम्वना अझै कृषिमा हामी आत्म निर्भर हुन सकेका छैनौं । राम्रँे विउ र भुगोल सुहाउदो बालि लगाउने प्रणाली नभएकै कारण अझै पनि आशातित उत्पादन पाउन सकिएको छैन । कृषिमा अध्ययन, अनुसन्धान र आधुनिकरणको अभावमा र बैज्ञानिकीकरण हुन सकेको र्छन । परम्परागत शौलीमानै गरिने खेति ६ महिना पनि खान नपुग्ने गरेको छ । अझै पनि किसान पुरानै विउ विजन लगाउन बाध्य बनेका छन् ।

कृषि विकासका लागि सरकारी पक्षबाट पनि विभिन्न कार्यक्रम हुदै आएका छन् । सरकारी योजनाहरु कागजमा मात्रै सिमित बन्दा त्यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन । भएका निति नियम पनि प्रभावकारी बन्न सकेका छैनन, जसको परिणाम कृषिमा आधुनिकिकरण हुन सकेको छैन । कृषक लक्षित कार्यक्रम कृषक सम्म पुग्न नसक्नुले पनि कृषिमा आशातित सुधार हुन नसकेको हो ।

उत्पादन वृद्धिका लागि उन्नत विउको आवश्यकता पर्छ । तर, हाम्रो देशमा उन्नत विउकोे नाउमा उत्पादन नै नहुने विउ रोपेर बाली भित्राउने समयमा किसान टाउको समाउनु पर्ने अवस्थामा पग्ने गरेका कयौं उदाहरण छन् । गत असारमा मात्रै बढि उत्पादन हुने लोभमा किसानले लगाएको गरिमा धानको विउले उत्पादन नै नदिएपछि कृषकले सास्ती खेप्नु परेको थियो । यसरी उन्नत विउ विजनकै नाममा किसानले ठक्कर खाइरहनु परेको छ ।

अझै पनि नेपाल विउमा आत्म र्निभर हुन सकेको छैन् । स्वदेशी विउको गरणस्तर बृद्धि नर्ग सकिएको छैन । किसान जस्तो भएपनि विदेशी विउ लगाउन बाध्य छन् । सरकारले सन २०२५ सम्ममा विउमा आत्मर्निभर हुने लक्ष्य लिएको छ । प्रत्येक वर्ष विउ आएतको संख्यामा वृद्धि भइरहेको छ । आयातीत विउले राम्रो उत्पादन नदिएर किसानले मार खेपनु परेको छ ।

किसान उन्नत विउ नपाएकै कारण उत्पादन कम भएको बताउ“छन् । कमसल विउ विदेश बाट आयात गर्नुपर्ने बाध्यताको अन्त गर्न सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । मुलुकमै गुणस्तरीय बीउको उत्पादन गर्न सकियो भने पक्कै पनि मुलुक सबै खाद्य बस्तुमा आत्मनिर्भर बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group