ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा र इलामको चुरे क्षेत्र ढुङ्गा तस्कर जनप्रतिनिधि र स्थानीय प्रशासनकै आडमा (भिडियोसहित)


एबीसी न्यूज
१० माघ २०७६, शुक्रबार   ११ : ४४   बजे

झापा, १० माघ ।  झापा र इलामको चुरे क्षेत्रलाई ढुङ्गा तस्करले अतिक्रमणको चपेटामा पारेको घटना बाहिरिएको छ । इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिका जोड्ने चुरे क्षेत्रबाटै मुलुकी ऐन विपरीत अवैध रूपमा ढुङ्गा उत्खनन हुन थालेपछि रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय युवा विरोधमा उत्रिएपछि यस्तो घटना बाहिरिएको हो ।

झापाका जनप्रतिनिधि र प्रहरी, प्रशासनले झापा र इलाम सीमाको चुरे क्षेत्रबाट हुने गरेको अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन नियन्त्रणमा चासो नदेखाएपछि इलाम रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय युवा चुरे क्षेत्र बचाउ अभियानमा उत्रिएका छन् । चुरे क्षेत्रको रोङ गाउँपालिका–६ स्थित सिद्धि र मेची खोलाबाट तस्करहरूले दिनहुँ ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य नरोकिएपछि रोङ गाउँपालिकाका स्थानीय युवाले सिँचाइ नहर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।

स्थानीय युवाहरूले संघर्ष समिति गठन गरी सिद्धि खोलाको सिंचाई नहर बन्द गरेपछि मेचीनगर १, २, ३ र ४ का कृषक ९ दिन पानीबाट वञ्चित हुनु पर्यो । सिद्धि नहरको पानीले मेचीनगरमा १७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । आईई गरेको क्षेत्रबाट मात्र ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न पाउने भनी मेचीनगर नगरपालिकाले ठेक्का लगाएको छ । तर, ठेकेदार र तस्करले चुरे क्षेत्रको इलामबाट ढुङ्गा तस्करी गरी झापा ल्याएर बेच्ने गरेका छन् । चुरे क्षेत्रको दोहन रोक्न संर्घष समितिले बन्द गरेको नहरमा रोङ गाउँपालिकाको नैतिक समर्थन गरेको रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताए ।

झापाका जनप्रतिनिधिले चुरे क्षेत्र दोहनको विषयमा चासो नदेखाएपछि रोङ गाउँपालिकाका युवाहरूले सिद्धि नहर बन्द गरेर दबाब दिन बाध्य पारेका थिए । अवैध चोरी तस्करी नरोकिएपछि युवाहरूले संर्घष समिति गठन गरेर नहर बन्द गरेको संर्घष समिति संयोजक निर्मल तामाङले जानकारी दिए ।

चुरे क्षेत्र दोहनसँगै ढुङ्गा तस्करी रोक्नु पर्छ भन्दै संघर्ष समिति र जनप्रतिनिधिले अडान राख्दै सिद्धि नहर बन्द गरेपछि इलाम र झापा पक्षबीच सर्वपक्षीय छलफल भएको छ । सर्वपक्षीय छलफलमा चार बुँदे सहमति गर्दै चुरे क्षेत्रको दोहन रोक्ने र त्यसक्षेत्रमा सवारीसाधन समेत प्रवेश निषेध गर्ने निर्णय भएको रोङ गाउंपालिका– ६ का वडा अध्यक्ष सुभाष तामाङले बताए ।

तर, गत सोमबार बेलुका साढे ६ बजे चार बुँदे सर्वपक्षीय सहमति भएपनि चुरे क्षेत्रबाटै ढुंगा तस्करी भइरहेको भेटिएको छ । सहमति भएको तीन घण्टा नबित्दै त्यसक्षेत्रबाट उत्खनन भएको ढुंगासहित टिपरलाई सर्वपक्षीय छलफलमा गएका जनप्रतिनिधि र पत्रकारको टोलीले राती सडकमा भेट्टाएका छन् । चालकसँग मेचीनगरले ठेक्का लगाएको विनीता श्री ट्रेड एन्ड सप्लायर्स प्रालि इटहरीको रसिद थियो । सो रसिदमा ढुङ्गा २६५ क्यु फिटको कर बापत १ हजार ७ सय ९६ रुपैयाँ लिएको देखिन्छ ।

यसैगरी यसै क्षेत्रबाट उत्खनन गरी काँकडभिट्टा हुँदै बिर्तामोड तर्फ गइरहेको दुई वटा टिपर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीले ना ७ ख ६६२५ नम्बर टिपर धुलाबारी चोकबाट र को १ ख ४३९४ नम्बरको टिपर इटाभट्टा चोकबाट नियन्त्रणमा लिएको र कारबाहीका लागि जिल्ला समन्वय समिति झापा पठाएको छ । ठेकेदारहरुले केही जनप्रतिनिधि र केहि स्थानीय प्रहरीको आडमा चुरे क्षेत्रसहित मेचीनगरका खोलाहरूको निरन्तर दोहन भने गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu