ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमा


एबीसी न्यूज
१० माघ २०७६, शुक्रबार   १२ : ५४   बजे


काठमाडौं, १० माघ ।   पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन् । उत्पादित गोलभेँडाको माग पनि बढेको छ ।

जिल्लामै नमूनाका रूपमा ठूलो क्षमताको उच्च प्रविधिको (हाइटेक) टनेलमा गत असोजमा बेर्ना तयार पारी कात्तिकमा लगाइएको नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

“पहिलो पटक लगाइएको हुँदा उत्पादन कस्तो हुन्छ भन्ने जिज्ञासा थियो”, उहाँले भन्नुभयो, “कृषि शाखाका प्राविधिकको राम्रो हेरचाह र मेहनतले सोचेभन्दा राम्रो उत्पादन दिन थालेको छ ।” उहाँका अनुसार टनेलमा करिब तीन हजार सिर्जना जातका गोलभेँडाका बिरुवा लगाइएको छ । एक हप्तादेखि बजारमा टनेलको गोलभेँडा बिक्री गर्न थालिएको जानकारी दिँदै उहाँले करिब ५० किलोजति बजारमा पु¥याइसकिएको बताउनुभयो ।

टनेलभित्र अनुमानित नौ हजार किलो गोलभेँडा उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । “बजारमा प्रचलित मूल्यअनुसार हाल प्रतिकिलो रु ५० मा बिक्री गर्न थालेका छौँ, माग पनि राम्रै छ”, पाण्डेयले भन्नुभयो ।

सिर्जना जातको गोलभेँडा एक बोटमा पाँच किलोसम्म उत्पादन हुने भए पनि यहाँ लगाइएको गोलभेँडा तीन किलोसम्म उत्पादन लिन सकिने देखिएको प्राविधिक बताउँछन् । टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न सङ्घसंस्था, व्यक्ति यसको अवलोकन तथा जानकारी लिन आउने गरेका छन् । व्यावसायिक कृषिमा कृषकलाई नयाँ प्रविधि सिकाउन टनेल निर्माण गरिएको हो ।

कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरिएको हो । प्रदेश सरकारको रु २५ लाख सहयोग र रामपुर नगरपालिकाको ३१ लाख गरी ५६ लाखको लागतमा निर्माण गरिएको हो ।

समूहमा अवलोकन गर्न आउनेलाई रु एक हजार शुल्क, प्रतिव्यक्ति  १०० र विद्यार्थीका लागि रु ५० टिकट कायम गरिएको छ । अहिलेसम्म एक हजारभन्दा बढीले टनेल अवलोकन गरिसकेको कृषि प्राविधिक सुशील अधिकारीले बताउनुभयो ।

नगरपालिकाले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी रामपुरलाई कृषिबाटै आत्मनिर्भर बनाउने सोच राखेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “बाहिरबाट आउने तरकारी निरुत्साहित गर्दै यहीँको उत्पादनले बजारको माग आपूर्ति गराउने हाम्रो दीर्घकालीन सोच हो”, उहाँले भन्नुभयो, “कृषकको जनजीवन उकास्न, रामपुरलाई नमूना कृषि क्षेत्रका रूपमा विकास गर्नका साथै कृषिमा नयाँ प्रविधिको प्रयोगमा अभिप्रेरित गर्न टनेल निर्माण गरेका हौँ ।”

यो प्रविधिको टनेल समयसमयमा मर्मतसम्भार गरिएको खण्डमा १० देखि २० वर्षसम्म प्रयोग गर्न सकिन्छ । टनेलको प्रयोग आवश्यकताअनुसार तापक्रमको सन्तुलन, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, कीरा लाग्नबाट बचाउन आदिका लागि उपयोगी छ । यसको प्रयोगबाट मौसमी तथा बेमौसमी तरकारी लगाउन सकिने प्राविधिकहरू बताउँछन् ।

टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा सेन्सरमार्फत कुलिङ प्याड र फ्यानको प्रयोग गरी चिसो तापक्रम र हावामा सापेक्षित आद्रता कायम गरिन्छ । त्यस्तै थोपा सिँचाइ प्रविधि, सेड नेटद्वारा घामको तापक्रम छेक्ने, कीरा छेक्ने जालीको प्रयोगले बिरुवामा कीरा लाग्नबाट बचाउने गरिन्छ ।

जाडोयाममा रोलिङ युभी प्लास्टिकद्वारा बाहिरको भन्दा तापक्रम वृद्धि गराई बिरुवालाई आवश्यक तापमान कायम गर्ने जस्ता यसका धेरै विशेषता छन् । यसले कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन सहयोग पुग्दछ । यसको मुख्य उद्देश्य बेमौसमी तरकारी उत्पादन गर्नु हो । नवीनतम प्रविधि रामपुरमा भित्रिएसँगै युवामा कृषिप्रतिको आकर्षण पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । पछिल्ला वर्ष यस क्षेत्रमा दुग्ध डेरी उद्योग, आधुनिक प्रविधिबाट तरकारीखेती विस्तार र कृषिजन्य यान्त्रिकीकरणको प्रयोग बढ्दो छ ।

पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि रामपुरमा धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि अवलम्बन गरी उत्पादन वृद्धि गर्न थालेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । नयाँनयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि परम्परागत निर्वाहमुखी कृषि व्यवसाय गरेका कृषकको व्यावसायिक कृषिमा आकर्षण बढ्दै जानुलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu