ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तराष्टिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून (भिडियोसहित) 


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   १ : ४३   बजे


काठमाडौं, १२ माघ ।   मुलुकमा रेशमा खेतिको निकै सम्भावन रहेको छ । कृषकहरुपनि निकै हौसीएर रेश खेति तर्फ आकर्षित बनेका छन् तर राज्यले यस ब्यवसायमा उचित ध्यान दिन नसक्दा राम्रो प्रतिफल पाउन सकिएको छैन । मुलुकमा रेशम खेतिबारे अध्यन अनुसन्धान हुन सकेको खण्डमा यसबाट कृषकले ठुलो लाभ लिन सक्ने देखिन्छ ।

विश्वका विकसित देशहरुमा रेशमको माग बढि छ । अन्तराष्टिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून रहेको छ । रेशम खेतीको इतिहास विश्वमा पुरानो भएतापनि नेपालमा भने यसको इतिहास नयाँ रहेको छ । किम्बु बोटबाट आहार विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरी रेशम धागो उत्पादन गर्ने कार्यको एकीकृत रुपलाई नै रेशम खेती भनिन्छ ।

किम्वु विरुवाको आपूर्ति गरी किम्वु विरुवाको क्षेत्र विस्तार गर्ने कामको शुरुवात भएको छ । अहिले नमूना रेशम खेती दर्ता गरी किसानले व्यावसायिक रेशम खेती थालेका छन् । नेपालमा उत्पादन भएको रेशमबाट धागो बनाई तयार भएको कपडा अमेरिका, जापानलगायत मुलुकमा निर्यात गरिन्छ । रेशमको धागो प्रतिकिलो ४ हजारमा बिक्री हुन्छ । किम्बुको घाँस रेशम किराले खाएर कोकुन उत्पादन गर्छ । यसैबाट धागो बनाइन्छ । एक बिघा क्षेत्रफलमा ११ देखि १२ हजार किम्बुका बिरुवा रोप्न सकिन्छ । त्यही किम्बु नै रेशमको आहारा हो । किम्बु उत्पादन हुने ठाउँमा रेशम खेती हुन्छ । एक बक्सा किराका लागि एक हजार किम्बुका बिरुवा चाहिन्छ ।

रेशम किराले २५ देखि २८ दिनमा धागो छोड्न शुरु गर्छ । एक बिघा क्षेत्रफलबाट वार्षिक ४ लाख आम्दानी हुने गर्दछ । रेशम खेतीबाट अर्थोपार्जनसँगै वातावरण पनि संरक्षण हुन्छ । रेशम खेतीका लागि किम्बुको बिरुवा रोप्नु पर्छ । बिरुवा रोपिएपछि वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । रेशम खेतीसँगै बाख्रापालन पनि गर्न सकिन्छ । नेपालमा जापनिज र चाइना यो दुई प्रजातिका रेशम खेति गरिन्छ । हाल गोदावरीक खोपासीमा २३ जातका किम्वु विरुवाको मातृश्रोत संरक्षण गरिएको छ भने किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डारामा ४२ जात संरक्षण गरिएकोमा संयुक्त सुरक्षा वेस क्याम्पको विस्तारले गर्दा मातृश्रोत संरक्षण प्लन नया सृजना गरी संरक्षण कार्य जारी रहेको छ । तर पनि उचित अनुसन्धानको अभावमा किसानहरु रेशम खेति प्रति निराशा फैलदै गएको बताउछन् ।

रेशम खेतीको छुट्टा छुट्टै तीन पक्षहरु छन् । किम्वु खेती आहार विकास कीरापालन तथा कोया उत्पादन, रेशमको यिनै नै भौतिक एवं प्राकृतिक गुणहरुको कारणबाट यसको तुलनामा कुनै पनि कृत्रिम रेशाहरु आउन सकेका छैनन् । नेपालको मध्यभागमा रेशम खेतिको उत्पादन प्रचुर मात्रमा भएपनि विद्यमान विविध हावापानी सुहाउदो रेशम खेती प्रविधि विकास, कृषकहरुको माग अनुसार किम्वु विरुवा उत्पादन र आपूर्ति गर्न नसक्दा तथा कृषकहरुलाई रेशमखेती सम्वन्धी तालिम प्रदान गर्न नसक्दा रेशम खेति निरशा जनक हुुदै गएको विज्ञहरु बताउछन् ।

नेपालमा रेशम खेतिका लागी राम्रो भए पनि चुनौती पनि उतिकै छ । सरकारले रेशम खेतिका लागी अनुदानको व्यवस्था पनि गरेको छ । तर वैज्ञानिक अनुसन्धान राम्रो हुन नसक्दा गुणस्तरीय किराका फुल र किम्बु उत्पादन अभाबले हौसिएका किसान पनि पछिल्लो समयमा निराश हुदै गइरहेका छन् । यसर्थ गुणस्तरिय रेशम खेतिका लगाी सरकार ,कुषि विभाग र कुषि अनुसन्धान केन्द्र नार्कले विषेश ध्यान दिनु पर्ने देखिन्छ ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu