ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार प्रक्रियालाई आधुनिकिकरण गर्दै सरकार (भिडियोसहित)


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   १ : ५६   बजे

काठमाडौं, १२ माघ ।  माघ १२ गते भन्सार दिवस । यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ भन्सार विभागको । आयात निर्यात व्यापार सहजीकरणमा त्यति वाहवाही काम गर्न नसकेको विभागले पछिल्लो दिनमा भन्सार प्रक्रियालाई आधुनिकिकरण गर्दै लगेको छ ।

भन्सारको प्रमुख कार्य आयात निर्यात व्यापार सहजीकरण, राजस्व संकलन हो । तर झन्झटिलो भन्सार प्रक्रियाले नेपालको भन्सार बद्नाम थियो । सरकारले अहिले भन्सार सुधारको प्रयासलाई प्राथमिकतामा राखेको छ । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जांचपास हुने गरेकोमा अब सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको छ । अर्थात ‘भन्सार क्यास लेस भएको छ ।

भन्सार प्रशासनले क्यास कारोबार गर्दैन । अझ बैंकसंग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्टमा काम गर्ने तयारी भन्सार विभागले गरिरहेको छ । यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको भन्सार विभागले जनाएको छ । नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको छ । अबको केही समयपछि सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नहुने समेत भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउंछन् ।

त्यसो त, नेपाल र भारतबीचको व्यापारलाई सहज बनाउन सन् २०१० मै नेपाल र भारतका प्रमुख नाकाहरुमा चारवटा आईसीपी बनाउने सहमति भएको थियो । सहमति अनुसार वीरगन्जबाट काम सुरु भैसकेको छ भने हालै विराटनगरको आइसीपी पनि उद्घाटन भएको छ । आइसीपी सञ्चालनमा आएसंगै ट्रान्सपोर्टको डिटेन्सन चार्जबाट छुटकारा मिल्नुको साथै नेपाली व्यवसायीलाई आयात नियार्तमा सहज हुने र भन्सार प्रक्रियामा थप सुधार हुने बताउंछन भन्सार सुधार तथा आधुनिकरण शाखाका निर्देशक मुक्तिराम आचार्य बताउछन ।

नेपालमा भन्सार पास निकै झन्झटिलो मान्निथ्यो । अब भन्सार सेवा विस्तारै आधुनिकिकरणतर्फ प्रवेश गरेको छ । भन्सारमा कहिले समवन्यको अभाव त कहिले कर छलि छ, कहिले गुणस्तर हिनवस्तुको भन्सारपास । अब यी सबै समस्या समाधान हुने भन्सार विभागले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu